स्थायी कमिटीको बैठक बोलाउने नेकपाको निर्णय

डिसी नेपाल
२० वैशाख २०७७ २०:४६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ ।

शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २५ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकको एजेण्डा तय गर्न अघिल्लो दिन सचिवालयको बैठक बस्ने उनले बताए।

‘पार्टीको एकता, सहमति र समस्या समाधानको निष्कर्ष अनुरुप पार्टीलाई दिशानिर्देशित गर्नेगरी स्थायी कमिटीको बैठक  यही वैशाख २५ गते ११ बजे बस्ने निर्णय भएको छ । त्यसको तयारीका लागि वैशाख २४ गते सचिवालय बैठक बस्नेछ।’ प्रवक्ता श्रेष्ठले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *