भारतमा एकै दिन १०० जनाको मृत्यु, संक्रमित अहिलेसम्मकै उच्च

डिसी नेपाल
२१ वैशाख २०७७ ६:४३

काठमाडौँ । छिमेकी मुलुक भारतमा दिनप्रतिदिन कोरोना (कोभिड १९) को प्रभाव बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा एक सय जनाको ज्यान गएको कोरोनाको अपडेट दिँदै आएको वल्डोमिटर्सले जनाएको छ ।

भारतमा एकै दिन कोरोनाबाट ज्यान गुमाउनेको संख्या यो अहिलेसम्मकै धेरै हो । यो सँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३२३ पुगेको छ ।

यस्तै, भारतमा शनिबार कोरोना संक्रमित पनि अहिलेसम्मकै धेरै फेला परेका छन् । भारतमा २४ घण्टामा २ हजार ४४२ जना नयाँ संक्रमित फेला परेका हुन् । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ३९ हजार ६९९ पुगेको छ ।

शुक्रबार भारतमा २ हजार ३९४ नयाँ संक्रमित फेला परको थिए । र, ६९ संक्रमितको ज्यान गएको थियो ।

भारतमा हालसम्म ९ लाख ७६ हजार ३६३ को कोरोना परीक्षण गरिएको छ ।

संक्रमित मध्ये हालसम्म १० हजार ८१९ संक्रमित उपचार पछि घर फर्किसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *