प्रधानमन्त्रीले राजीनामा नै दिनुपर्ने अडानमा रहेका प्रचण्ड कसरी सहमतिमा आए?

डिसी नेपाल
२१ वैशाख २०७७ ८:२९

काठमाडौं। गत सोमबार सरकारले राजनीतिक दल विभाजन समबन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि उत्कर्षमा पुगेको नेकपा विवाद तत्कालका लागि टरेको छ। शनिबार साँझ बसेको सचिवालय बैठकले विवाद समाधान गरेको सार्वजनिक भएको छ।

तर यसअघि प्रधानमन्त्रीको राजीनामालाई मुख्य एजेण्डा बनाएका प्रचण्ड र माधव नेपाल पक्षधर कसरी एकाएक सहमतिमा आए? के प्रधानमन्त्री ओली र प्रचण्डबीच कुनै लेनदेन भयो? यस सम्बन्धी विस्कृत विवरणहरु सार्वजनिक भइसकेका छैनन्।

यसअघि सचिवालय बैठकमा अल्पमतमा रहेका प्रधानमन्त्री ओली शनिवारको सचिवालय बैठक सम्म आइपुग्दा बुहमत अवस्थामा पुगेका थिए। ओलीका पक्षमा उपाध्यक्ष वामदेव गौतम, महासचिव विष्णु पाैडेल, ईश्वर पोखरेल, रामबहादुर थापा बादल उभिएपछि नौ सदस्यीय सचिवालय बैठकमा प्रचण्ड–नेपाल अल्पमतमा परेका थिए।

आफू अल्पमतका परेपछि प्रचण्ड–नेपाल पक्षधर पछि हटेको अनुमान पनि गरिएको छ। तर, त्यो भन्दा पनि महत्वपूर्ण विषय शनिबार प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक बस्नु अगाडि झण्डै ४५ मिनेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।

शितलनिवासबाट फर्किएपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग झण्डै ४० मिनेट एक्लाएक्लै छलफल गरेका थिए। यी दुई महत्वपूर्ण छलफलमा के विषयमा सहमति भयो भन्ने खुलेको छैन, यसअघि प्रधानमन्त्रीको राजीनामालाई मुख्य एजेण्डा बनाएका प्रचण्ड त्यसपछि मिलेरै जानुपर्ने निष्कर्षमा पुगेका छन्।

शितलनिवासबाट फर्किएपछि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग झण्डै ४० मिनेट एक्लाएक्लै छलफल गरेका थिए। यी दुई महत्वपूर्ण छलफलमा के विषयमा सहमति भयो भन्ने खुलेको छैन, यसअघि प्रधानमन्त्रीको राजीनामालाई मुख्य एजेण्डा बनाएका प्रचण्ड त्यसपछि मिलेरै जानुपर्ने निष्कर्षमा पुगेका छन्।

यसअघि अन्य सचिवालय सदस्यसँगै कुर्सीमा बस्ने प्रचण्डलाई शनिबार भने प्रधानमन्त्री ओलीसँगै कुर्सीको व्यवस्था गरिएको थियो। बैठक सुरु हुनासाथ प्रधानमन्त्री ओलीले छोटोमा आफ्नो भनाइ राखे।

बैठकमा प्रधानमन्त्रीले ‘म पार्टीको अध्यक्ष पनि हुँ,मैले सरकार त चलाएकै हो, तर पार्टी चलाउने कुरामा कमजोरी भयो। अब सबै कुरा मिलाएर जान तयार छु। अब मिलेर जानुको विकल्प छैन। यो पार्टीलाई कुनै पनि हालतमा फुट्न दिनुहुन्न,’ प्रधानमन्त्रीले आत्मालोचना गर्दै बैठकमा भनका थिए।

प्रधानमन्त्रीले बैठकको सुरु गर्दै आत्मालोचना गरेपछि अर्का अध्यक्ष प्रचण्डले यसर कमीकमजोरी आउनु ठिक भएको उल्लेख गर्दै पार्टीलाई बलियो बनाउने र स्थायी कमिटीमा सबै विषयमा छलफल गरेर निष्कर्षमा पग्नुपर्ने बताएका थिए।

केही अघिसम्म प्रधानमन्त्रीको राजीनामालाई एजेण्डा बनाएका प्रचण्डले यसरी एकाएक प्रधानमन्त्रीको ‘हँ मा हँ मिलाएपछि’ माधव नेपाल पक्षभने शशंकित बनेको छ। यसअघि पनि ओली पक्षसँग मिलेर आफूलाई धोका दिएको भन्दै नेपाल पक्षले प्रचण्डको फेरिएको बोलीले शंका जन्माएको प्रचण्डलबाट फेरि धोका पाइने त होइन भन्ने आशंका व्यक्त गरेको छ।

बैठकमा नेपालले भनेका थिए, ‘यहाँ चोचोमोचो मिलाएर हुँदैन, स्थायी कमिटी बैठकमा छलफल गर्नुपर्छ।’ त्यसपछि क्रमशः सबै सचिवालय सदस्यले आफ्नो भनाइ राखेको थिए।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्र मार्फत प्रचण्ड र नेपाल पक्षसँग छलफल गरेका थिए। शनिबार पनि राष्ट्रपतिसँग भेट गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले प्रचण्डसँग एक्ला एक्लै छलफल गरेपनि नेकपाभित्रको विवाद समाधान भएपछि ओली र प्रचण्डबीच लेनदेनको विषयमा सहमति भएको आशंका नेकपा नेताहरुले गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *