कोरोना संकटसँग जुध्न साउदीले भारी मात्रामा खर्च कटौती गर्ने
बीबीसी। साउदी अरबका अर्थमन्त्री मोहम्मद अल–जदानले कोरोना भाइरस संक्रमणबाट साउदी अरबको अर्थव्यवस्था प्रभावित भएको बताएका छन्। कोरोनाभाइरससँग जुध्नका लागि सबै विकल्प खुला राखेको र अप्रिय निर्णय लिने साउदी अरबले जनाएको छ।
शनिबार अल–अरबिया टेलिभिजनलाई दिएको एक अन्तर्वातामा मन्त्री अल–जदानले साउदी अरबले बजेट खर्चमा भारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ। उनले साउदी अरबको अर्थव्यवस्थामा कडाइ गर्ने सबै क्षेत्रमा अनुशासन कायम गर्ने बताए।
अर्थमन्त्रीले मुलुकभित्रका मेगा प्रोजेक्टको खर्चमा पनि भारी कटौती गर्ने बताए। विश्वको सबैभन्दा ठूलो तेल निर्यातक मुलुक साउदी अबर ऐतिहासिक रुपमा तेलको मूल्य गिरावटसँग जोधिरहेको छ।
साउदीको केन्द्रीय बैंकमा विदेशी मुद्रा भण्डारण मार्च महिनामा विगत २० वर्षमा सबैभन्दा तीव्र रुपमा गिरावट आएको छ। २०११ पछि विदेशी मुद्रा भण्डारण तल्लोस्तरमा आएको छ।
तेलको मूल्य घटेपछि पहिलो तीन महिनामा ९ अर्ब डलरको बजेट घाटा भएको छ। जदानले गत महिना साउदी अरबले यो वर्ष २६ अर्ब डलर ऋण लिनसक्ने बताएका थिए।
साउदी अरबको मौद्रिक निकायले मंगलबार मार्चमा साउदी अरबको विदेशी सम्पत्ति ४६४ अर्ब डलरमा गिरावट आएको बताएको थियो। यो विगत १९ वर्षमा सबैभन्दा तल्लो स्तरमा पुगेको हो। साउदी अरबले यो सबै कोरोना माहामारीका भएको जनाएको छ।
Facebook Comment