कोरोनाभाइरसः बेलायती प्रधानमन्त्रीको मृत्युको घोषणा गर्ने तयारी भइसकेको थियो
काठमाडौं। कोरोनाभाइरस संक्रमणपछि उपचारका क्रममा गम्भीर अस्पतालको आइसीयूमा भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको मृत्यु भएको घोषणा गर्ने तयारी भइसकेको थियो । बेलायती अखबार द सनलाई दिएको एक अन्तरवार्तामा प्रधानमन्त्री जोनसनले डाक्टरहरुले आफ्नो मृत्युको घोषणा गर्ने तयारी भइसकेको खुलासा गरेका हुन् ।
जोनसनका अनुसार उनलाई जीवित राख्नको लागि कैयौं लिटर अक्सिजन दिइएको थियो । ५५ वर्षका जोनसनले भने ‘त्यो कठिन समय थियो । म इन्कार गर्दिन । स्टालिनको मृत्युकै शैलीमा उनीहरुले (डाक्टरहरुले) योजना बनाएका थिए । मेरो स्थिति निकै खराब थियो र मलाई थाहा थियो कि आकस्मिक घटनालाई लिएर योजना तयार छ ।’
अहिले कोरोनाभाइरसबाट ठिक भइसकेका प्रधानमन्त्री जोनसनले भने ‘केही गलत भएमा के गरिनेछ यस विषयमा डाक्टरहरुले पूरै योजना बनाइसकेका थिए ।’ जोनसनलाई उपचारको क्रममा आइसीयूमा पनि राख्नुपरेको थियो । उनले अस्पतालमा भएको उपचारको बारेमा उल्लेख गर्दै भने ‘मनिटरमा देखिने इन्डिकेटर लगातार गलत दिशातर्फ गइरहेको थियो ।’ यस क्रममा उनलाई महसुस भएको थियो कि कोरोनाभाइरसको कुनै उपचार छैन ।
गत महिना जोनसनको उपचार लण्डनको सेन्ट थोमस अस्पतालमा गरिएको थियो । उपचारका क्रममा जोनसन लगातार आफैंसँग प्रश्न सोधिरहेका थिए कि उनी करी यो स्थितिबाट बाहिर निस्कनेछन् ? उनका अनुसार कसरी केही दिनमै स्वास्थ्य यति खराब भयो भन्ने मान्न कठिन थियो । उनले भने ‘म फ्रस्टेटेड थिएँ । बुझ्न सकिरहेको थिइन कि म किन ठिक हुन सकिरहेको छैन ।’
यद्यपि उपचारपछि जोनसन ठिक भएर घर फर्किसकेका छन् । अस्पतालबाट डिस्चार्ज भएको केही दिनमै जोनसन पिता बनेका छन् । जोनसनले आफ्ना छोराको नाम निकोलस राखेका छन् । उनले छोराको नाम ती डाक्टरको नामबाट राखेका हुन् जुन डाक्टरले उनको ज्यान बचाएका थिए ।
Facebook Comment