कोरोनाभाइरस संक्रमित पूर्वन्यायाधीश त्रिपाठीको निधन
काठमाडौं। कोरोनाभाइरस संक्रमित भारतीय लोकपाल सदस्य तथा पूर्व न्यायाधीश अजय कुमार त्रिपाठीको निधन भएको छ । न्यायाधीश अजय कुमार लोकपालका न्यायिक सदस्य थिए । कोरोना स.क्रमित भएपछि दिल्लीको एम्स ट्रमा सेन्टरमा उनको उपचार भइरहेको थियो । शनिबार राती ९ बजे उनको कार्डियाक एरेस्ट (हृदयाघात)का कारण निधन भएको हो ।
६२ वर्षका त्रिपाठी अप्रिलमा कोरोनाभाइरसबाट संक्रमित भएका थिए । त्यसपछि उनको एम्स ट्रमामा उपचार भइरहेको थियो । अप्रिल महिनाको पहिलो हप्तादेखि एम्स ट्रमामा कोरोना संक्रमित बिरामीको मात्र उपचार भइरहेको छ । एम्स सूत्रका अनुसार त्रिपाठी निकै कमजोर भएका थिए । स्थिति गम्भीर भएपछि उनलाई आइसीयूमा सारिएको थियो । विगत ३ दिनदेखि उनी भेन्टिलेटरमा थिए ।
प्रतिक्रिया
Facebook Comment