दक्षिणी दिल्लीमा कोरोना संक्रमणको डरलाग्दो ट्रेण्ड, के रोक्नुपर्नेले फैलाइरहेछन् संक्रमण ?

डिसी नेपाल
२१ वैशाख २०७७ १२:१६

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरस संक्रमण बढ्दै गइरहेको छ । देशको राजधानी दिल्ली पनि भाइरसको चपेटामा छ र यो क्षेत्रलाई रेड जोन घोषित गरिएको छ । तर, दिल्लीमै संक्रमणको डरलाग्दो ट्रेण्ड देखिएको छ । तथ्यांकका अनुसार दक्षिण दिल्लीमा पछिल्लो समय भेटिएका संक्रमण तबलीगी जमातसँग सम्बन्धित नभइ स्वास्थ्यकर्मीसँग सम्बन्धित छन् ।

दक्षिणी दिल्लीमा १८९ संक्रमणका केस अहिलेसम्म भेटिएका छन् । यीमध्ये ३१ प्रतिशत स्वास्थ्यकर्मी छन् । सबैभन्दा चिन्ताको कुरा त यहाँ संक्रमण दिनहुँ बढिरहेको छ । यसरी स्वास्थ्यकर्मी नै संक्रमित देखिँदा यहाँ दुई प्रश्न उठेका छन् । पहिलो, स्वास्थ्यकर्मीले पर्याप्त सुरक्षाका सामग्री पाएका छैनन् । वा दोस्रो, स्वास्थ्यकर्मी नै संक्रमण रोक्ने विषयमा सावधान छेनन् र उनीहरुकै असावधानीले संक्रमण फैलिइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *