नेपालमा अर्का १ जनामा देखियो संक्रमण, संक्रमितको संख्या ६० पुग्यो

डिसी नेपाल
२१ वैशाख २०७७ १५:५१

काठमाडौं। नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ६० पुगेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । यी बिरामीले आफैलाई शंका लागेपछि परीक्षणका लागि अनुरोध गरेको बताइएको छ । उनको शुक्रबार स्वाब संकलन गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *