मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले भने-विवाद हुँदा तनाव भयो, सबैले आत्मआलोचना गर्‍यौं

डिसी नेपाल
२२ वैशाख २०७७ ६:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका शीर्ष नेताहरुबीच विवाद आउँदा एक्कासी तनावको अवस्था आएको बताएका छन्।

मन्त्रिपरिषद्को बैशाख २१ गते आइतवार बसेको बैठकमा नेताहरुबीचको तनावबारे मन्त्रीहरुलाई ब्रिफिङ प्रधानमन्त्री ओलीले सबैले आत्मआलोचना गरेको बताए। बैशाख २० गतेको सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले मात्रै आत्मआलोचना गरेको कुरा सार्वजानिक भइरहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकमा नेताहरु सबैले आत्मआलोचना गरेको बताएका हुन्।

एकमन्त्रीले बताएअनुसार प्रधानमन्त्रीले बैठकमा भनेका थिए,‘सबैजनाले आत्मआलोचना गर्यौं, अव हामीहरुबीच सहमती भएको छ, पार्टी एकढिक्का भयो। सबै मिलेर नै जानु छ, हामीहरुबीच अव विवाद छैन।’

ओली नेतृत्वको सरकार गठन भए यता नै यति छोटो बैठक भएकै थिएन, एक मन्त्रीले डिसी नेपालसँग भने, पन्ध्र बीस मिनेटमा त बैठक नै सकियो। बैठकमा प्रधानमन्त्रीले संसदको आगामी अधिबेशन बोलाउने मिति तय भएको बताएका थिए।

उनले बैशाख २६ लाई संसदको अधिबेशन बोलाइएको बताए। नेपालमा विस्तारै संक्रमितहरु थपिन थालेको कुराको चर्चा गर्दै प्रधानमन्त्रीले भारतसंगको सीमामा अझ कडाइ गरिने जानकारी मन्त्रीहरुलाई दिएका थिए।

कोरोनामा महामारी नियन्त्रणबारे उनले भने,‘लकडाउन लम्ब्याउनुको विकल्प छैन, बोर्डर टाइट गर्ने हो।’ बैठकले अर्थमन्त्रालय र त्यसअन्तर्गतका केही सहसचिवहरुको सरुवा गर्ने निर्णय पनि गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *