फलफूल पनि कोरोना संक्रमित !
काठमाडौं। चमेरा, मानिस, कुकुर र बिरालोपछि कोरोनाभाइरसको नयाँ शिकार बाख्रा र फलफूल भएका छन् । एक अफ्रिकी देशमा बाख्रा र फलफूल समेत कोरोनाभाइरस पोजेटिभ पाइएपछि त्यहाँका राष्ट्रपतिले यसको जाँचको निर्देशन दिएका छन् । यो अफ्रिकी देश तान्जानिया हो । यहाँ आइतबार एक बाख्रो र एउटा विशेष किसिमको फल पावपावमा कोरोनाभाइरस भएको पुष्टि भएको छ ।
रोयटर्स अफ्रिकाका अनुसार यस्तो रिपोर्ट आएपछि यहाँका राष्ट्रपति जोन मागुफुलीले टेस्ट किट सही नभएको बताउका छन् । उनले टेस्ट किटको जाँच हुनुपर्ने बताएका छन् । केही दिनअघि तान्जानियाका राष्ट्रपति मागुफुलीले आफ्नो देशमा भएका कोरोनाभाइरस संक्रमणका केस लुकाएको भन्दै विश्वभरीबाट आलोचना खेप्नुपरेको थियो । किनकि त्यतिबेला मागुफुलीले देशमा भएका संक्रमणका केस त लुकाए नै, साथमा देशबासीका लागि यस्तो कुरा भने जसका कारण उनको निकै खिल्ली उडाइयो ।
उनले देशवासीसँग भनेका थिए कि तपाइँहरु आफूलाई कोरोनाभाइरसले आक्रमण नगरोस् भनेर प्रार्थना गर्नुस् । अहिले राष्ट्रपति मागुफुलीले आफ्नो देशमा विदेशबाट आएको कोरोना टेस्ट किट गडबड भएको बताएका छन् । उनले भने ‘यो कसरी हुन सक्छ कि बाख्रो र पावपाव फल संक्रमित छन् ?’ त्यसपछि राष्ट्रपति मागुफुलीले आफ्नो देशको सेनासँग टेस्ट किटको जाँच गराउन भनेका छन् ।
खासमा यहाँ जाँच गर्नेहरुले मानिसका अलावा पनि नमूना लिएका थिए । ती नमूना बाख्रो, भेडा र पावपाव फलबाट लिएका थिए । ती नमूनालाई मानिसको नाम र उमेर दिइएको थियो । त्यसपछि ती नमूनाहरुलाई जाँचको लागि तान्जानिया लेबोरेटरीमा पठाइएको थियो । जहाँ जाँचमा बाख्रो र पावपाव फल संक्रमित पाइए । अहिले राष्ट्रपति मागुफुलीले यो भनेका छन् कि यो जाँचमा आएको गडबडीबाट देशका कैयौं संक्रमित भनिएका व्यक्तिहरु पनि संक्रमित नभएको पुष्टि हुन्छ ।
उनले संक्रमित भनिएका सबैको फेरि जाँच गराउनुपर्ने बताएका छन् । आइतबारसम्म तान्जानियामा १८० ंक्रमणका केस थिए । भाइरस संक्रमणको कारण यहाँ १७ जनाको मृत्यु भइसकेको छ । तर, यहाँको राजधानी डार ए सलामको प्रशासनको तर्फबाट हरेक दिनको कोरोना बुलेटिन पनि जारी हुँदैन । राष्ट्रपति मागुफुलीले एउटा विमान मदागास्कर पठाउन लागेको बताएका छन् जहाँबाट आयुर्वेदिक औषधी ल्याउन सकियोस् । यो औषधीबाट कोरोनाभाइरस ठिक हुने दावी गरिएको छ ।
Facebook Comment