अज्ञात रोगले धमाधम मर्नथाले भैँसी र बाख्रा

डिसी नेपाल
२२ वैशाख २०७७ १३:१०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अज्ञात रोगबाट एक साताको अवधिमा दुईवटा लैनो भैँसी र सातवटा बाख्रा मरेका छन्।

चौतारा सागाचोकगढी नगरपालिका–३ बतासे भुस्लुङ गाउँमा स्थानीय मानकुमारी थापा र कर्णबहादुर धितालको लैनो भैँसी आइतबार गोठमा मृत फेला परेको स्थानीय शैलेन्द्र सिलवालले जानकारी दिए ।

८/१० घण्टाको अवधिमा सातवटा बोका तथा बाख्रा मरिसकेका छन्। अन्य थुप्रै बिरामी परेको वडा सदस्य खिकबहादुर थापाले बताए । नगरपालिकाका अन्य केही वडामा पनि फाट्टफुट्टरुपमा बाख्रा मर्ने गरेको स्थानीयवासीले बताएका छन्।

गाउँमा एउटा दुहुना भैँसीको रु ८० देखि ९० हजारसम्म मूल्य पर्छ । यसरी मरेका भैँसीमा रोगको कुनै लक्षण नदेखिएको र बाख्रामा भने घुँडा सुन्निने र सामान्य छेर्ने लक्षण देखिएको जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *