सुर्खेतमा हुनुहुन्छ र दुःख पर्यो ? जपौं हरिलाई !

काठमाडौं । हिन्दू धर्मका अनुसार जा दुःख पर्छ अनि हरिलाई सम्झनु पर्छ । तर, अहिले कलियुग छ । तपाईँलाई कलियुगमा पनि हरि छन्, दुःख पर्दा उनलाई सम्झेपछि हाम्रो समस्या समाधान हुन्छ भन्दा विश्वास नलाग्न सक्छ । तर, कर्णाली प्रदेशको सदरमुकाम वीरेन्द्रनगरमा जब दुःख पर्छ तब हरिदाई सम्झनामा आउँछन् ।
कोरोनाले विश्वनै आक्रान्त भएको छ । विश्व लकडाउन हुँदा धेरैलाई विश्व अर्थनन्त्रको चिन्ता छ । कतिपयलाई अब उप्रान्त विश्वशक्ति कता जान्छ भन्ने चिन्ता छ । अमेरिका आफूले महाशक्तिको हैसियत गुमाइन्छ कि भन्ने डरले कोरोना रोकथामका आधारभूत नियमहरुलाई पालना गर्न समेत आनाकानी गरिरहेको छ । उसलाई विश्वको शक्तिकेन्द्रको रुपमा कायमै रहनु छ त्यसैले पनि मुलुकको आर्थिक क्षेत्रलाई चलायमान कसरी बनाउन सकिन्छ भन्ने उसको मुख्य प्राथमिकता बनेको छ ।
शक्ति हातमै राख्नकै लागि अमेरिका अहिले झण्डै ७० हजार नागरिकको लाशमाथि उभिने कोसिस गरिरहेको छ । विश्वका अन्य राष्ट्रहरु, जसले स्वास्थ्य क्षेत्रमा आफूलाई अब्बल ठान्थे उनीहरु पनि कोरोनाको अगाडि घुँडा टेक्न बाध्य भएका छन् । उनीहरुले पनि आफ्ना नागरिकलाई कोरोनाबाट जोगाउन सकिरहेका छैनन् । खासगरी युरोपका विकसित र सुविधासम्पन्न मानिने मुलुकहरू नै आक्रान्त छन् ।
नेपाल पनि लकडाउनको झण्डै २ महिने चपेटामा परिरहेको छ । झण्डै-झण्डै निरपेक्ष गरिबीको रेखामुनि रहेको नेपालमा कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण धेरै परिवार भोक–भोकै बस्नु परेको छ ।
‘साँचिकै हामी बहादुर नै हौं, भोक–भोकै रहँदा पनि सडकमा माग्न जाँदैनौ, वास्तविक नेपाल गाउँमा सहयोग गर्न जाँदा भेटेँ भाई’ डिसी नेपालसँग कुरा गर्दै सुर्खेतका हरि विष्टले सुनाए । नेपाल तरुण दलले पनि सँग–सँगै सहयोग गरिरहेको सुनाउँदै उनले भने, ‘नेपालमा कोरोनाका कारण लकडाउन जारी रहेसम्म मैले सहयोग जारी राख्ने हो। चाहे १ वर्ष होस या १ महिना मलाई फरक पर्दैन।
सुर्खेतमा समस्यामा परेकाले मलाई फोन गर्नुस् भनेर सामाजिक सञ्जालमै फोन नम्बर राखेर राहत वितरणमा होमिएका हरि विष्ट यो क्षेत्रको लागि अपरिचित नाम भने हैन । उनी पहिलेदेखि नै परिचित छन्, भलै उनलाई चिन्नेहरूले उनका फरक-फरक रुपलाई चिनेका छन् । गीत संगीतमा रुचि राख्नेले हरि विष्टलाई कलाकार भनेर चिन्छन् । खेलमा रुचि भएकाले खेलाडी भनेर चिन्छन् । हरि विष्टका २ वटा परिचयमात्र पर्याप्त छैनन् । राजनीति गर्नेका लागि तरुणदल सुर्खेतका अध्यक्ष हुन हरि । साथै स्थापित व्यापारी पनि ।
लकडाउनको बेला चर्चामा आउनलाई हरि विष्ट राहत वितरण गरिरहेका छन् भन्ने प्रश्नमा उनी भन्छन्, ‘चर्चा कमाउनलाई कसैले पनि गोजीको रुपैयाँ खेर फाल्दैन । अर्को कुरा मलाई चर्चामा आउनु पर्ने कारण के छ र ? मलाई जसले जुन नामबाट चिन्न चाहन्छ सबै मसँग जोडिएक छन्, कलाकार, खेलाडी, व्यापारी, राजनीतिक कार्यकर्ता यतिमात्र हैन फिल्म पनि खेलेको छु मैले ।’
क्यान्सर पीडित, मिर्गौला पीडित, अशक्त, अपाङ्ग, दृष्टिविहीन तथा अलपत्र परेकाले हरिबारे कुरा गर्नुपरे साँच्चिकै भगवान विष्णु हरिको रुप धारण गरेर धर्तीमा आएको सुनाउँछन् । नाम नखुलाउने शर्तमा एक दृष्टिविहीन दम्पतीले भने, ‘वडा नम्बर १० का अध्यक्षले हामीलाई आज–भोलि भन्दै झुलाइरहनु भएको थियो, हामीले के खायौं र कसरी बाच्यौं सर हामीलाई थाहा छ, पछि हामीले हरिसरलाई गुहार गर्यौं । उहाँ आएर राहत दिनुभएपछि हाम्रो चुलोमा आगो बलेको छ । हरि कस्तो हुनुहुन्छ देख्न त सकिएन तर, भगवान विष्णुको हरि रूप हो उहाँ । वडा अध्यक्षले त्यस्ता सुकुलगुण्डाहरुले दिएको राहत किन लिएको भनेर थर्काउनु भयो।’
गरिबका लागि भगवान भएका हरि कतिको आँखाको तारोसम्म भएका छन् । विशेषतः वीरेन्द्रनगरको स्थानीय तहका लागि । हरिले गर्ने सहयोग रोकियोस भनेर ३ दिनसम्म लगातार ३ वटा टायरमा किला गाडियो । सरकारले पास दिन मानेन ।
‘प्रहरीले पास सोध्छ, म त पास हैन गरिबको गास र सास छ भन्ने गरेको छु’, हरि विष्टले भने, ‘सरकारले मलाई हरि विष्ट भन्दा पनि कांग्रेस वा तरुणदल भनेर हेर्यो, मलाई पासको समेत व्यवस्था गरेन । मैले दिएको सहयोग राहत हैन।’ उनले सरकारी राहतलाई अदृश्य ऋणको संज्ञा दिए ।
‘अच्चमका केस फेला पर्छनन भाइ,’ उनले सुनाए ‘दृष्टिविहीन त्यसैमाथि गर्भवति महिलाले आइरन चक्की खान नपाएको गुनासो गर्नु भयो, उहाँका लागि आइरन चक्की र अरु आवश्यक औषधी सँगै अण्डा समेत लिएर दिएको छु। सामाजका हरेक मान्छेको दुःखका नजिक पुगेका विष्टले सामाजिक कारुणीक व्यथा पोख्दै भने ।
उनले भने, ‘सरकारले वितरण गर्ने राहत अदृश्य ऋण हो, भोलि सरकारले कुनै पनि बाहानामा ऋण असुल गर्न खोज्छ, मैले त सहयोग गरेको हो । सम्झिनेले सम्झिन्छन्, नसम्झिनेले त भगवान पनि बिर्सिएका हुन्छन् नि भाइ, भगवान मलाई किन बिर्सेको भनेर आएका छन् त ? तर, मान्छेहरुको पीडा देख्दा मन समाल्नै सक्दैन धेरै पटक रोएँ, क्यासदेखी ग्याससम्म सहयोग गरेको छु।’
‘मलाई भन्न लाज लागेको छ, तर नभनी पनि हुँदैन, हाम्रो देशमा कलाकारको हालत देख्न झन दया लागेर आउँछ । दाल चामल लिन नमानेर उहाँहरुले आफै खरिद गर्नु होला भनी नगद पनि सहयोग गरेको छु।’ हरि विष्ट हरेक समूहको प्रतिनिधि हुन् । उनी सहभागी समूहहरुका पीडाका बारेमा बताउँदै थिए । ‘वास्तवमा ऐचोँ पैँचो नचल्ने हो भने हाम्रो देशको हालत के हुन्थ्यो होला?’ लकडाउनको बेला हातको काम सकिएको छ, गोजीको दाम सकिएको छ, दुःख परेको छ ? जपौं हरिलाई !
Facebook Comment