पछिल्लो २४ घण्टामा स्पेनमा भन्दा भारतमा धेरैको मृत्यु
काठमाडौँ । विश्वका २१२ देशमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट ३६ लाख ४४ हजार ८४० जना संक्रमित भएका छन् ।
संक्रमितमध्ये ११ लाख ९४ हजार ८७२ जना बिरामी उपचारपछि घर फर्किएका छन् भने २ लाख ५२ हजार ३६६ जनाको ज्यान गएको छ।
विश्वभर कोरोनाको संक्रमण तुलनात्मक रुपमा घट्दै गइरहेका बेला छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण ह्वात्तै बढेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १७५ जना संक्रमितको ज्यान गएको छ। यो ज्यान गुमाउनेको संख्या कोरोना भाइरसको केन्द्रबिन्दु बनेको स्पेनको भन्दा धेरै हो । सोमबार स्पेनमा १६४ संक्रमितको ज्यान गएको छ ।
सोमबार स्पेनसहित जर्मनीमा १२७, रसियामा ७६, टर्की ६४, क्यानडा १७२, इरानमा ७४, बेल्जियम ८०, स्वीडेनमा ९० जनाको ज्यान गएको छ। यी सबै देशमा भारतमा भन्दा थोरै मानिसको ज्यान गएको छ भने धेरै देशमा भारतमा भन्दा कम संक्रमित थपिएका छन् ।
भारतमा सोमबार मात्रै ३ हजार ९३२ जना नयाँ संक्रमित भएका छन् ।
Facebook Comment