अमेरिकी मिडियाको विश्लेषणः विश्वमाथि चीन हावी हुन सक्छ
काठमाडौं। विश्वका कैयौं देश कोरोनाभाइरसको भ्याक्सिन तयार गर्ने रेसमा सहभागी भइसकेका छन् । यही बीच अमेरिकी अधिकारीहरुले डर व्यक्त गरेका छन् कि यदि चीनले कोरोनाभाइरसको भ्याक्सिन सबैभन्दा पहिले तयार गरेमा उसले यसको उपयोग आर्थिक लाभ र कुटनैतिक अग्रता हासिल गर्नको लागि गर्न सक्छ ।
पछिल्लो समय विश्वका कैयौं देशहरुले एक अर्कासँग जानकारी साझा गर्दै कोरोनाभाइरसको भ्याक्सिन विकास गर्ने प्रयास गरिरहेका छन् । तर, अमेरिका र चीनले भने आफ्नो एक्लो क्षमतामा भ्याक्सिन विकास गर्ने प्रयास गरिरहेका छन् । अमेरिकी मिडिया पोलिटिकोको रिपोर्टअनुसार अमेरिकाको नेशनल सेक्युरिटीसँग जोडिएका एक अधिकारीले भने ‘उनीहरु (चीन)लाई यो थाहा छ कि जुन देश सबैभन्दा पहिले प्रभावकारी भ्याक्सिन तयार गर्छ उसले विश्वमा राज गर्नेछ ।’
पेन्टागन र सिआइएका पूर्व अधिकारी म्याट क्रोएनिंगले भने ‘अक्सर चीनको तर्फबाट पठाइने सहायताको साथमा केही अरु हित पछाडि जोडिएका हुन्छन् । त्यसैले उनीहरु यसको (भ्याक्सिनको) प्रयोग आफ्नो प्रभाव बढाउने र अमेरिकालाई पछाडि धकेल्नको लागि गर्न सक्छन् ।’ अप्रिलमा चीनले कोरोनाभाइरसको एक भ्याक्सिनको सुरुवाती ट्रायलको नतिजा राम्रो आएको बताएको थियो । सबैभन्दा ठूलो कुरा यो हो कि कोरोनाभाइरस चीनबाटै फैलिएको थियो त्यसैले सम्भव छ कि चीनले अन्य देशको तुलनामा पहिले नै भ्याक्सिन तयार गर्ने काम सुरु गरिसकेको थियो ।
अर्कोतर्फ वुहानबाट कोरोनाभाइरस फैलिएको विषयमा विश्वभरबाट चीनमाथि प्रश्नहरु उठेका छन् । यस्तोमा यदि चीनले भ्याक्सिन पहिले तयार गरेमा अन्य देशलाई भ्याक्सिन उपलब्ध गराएर आफ्नो छवि सुधार गर्ने काम पनि गर्न सक्छ । यद्यपि अमेरिकाको नेशनल सेक्युरिटीसँग सम्बन्धित एक अधिकारीले भने भ्याक्सिन विकासको काममा चीले अहिलेसम्म कुनै अग्रता नलिएको मान्छन् । तर, अधिकारीले भने ‘यो पनि प्याट्रन रहेको छ कि उनीहरु अरुका चीज र अनुसन्धानलाई चोरी गर्ने कोसिस गर्छन् ।’
भ्याक्सिन पहिले तयार गरेको स्थितिमा कुटनीतिक अग्रताबाट आर्थिक असर धेरै देखिने हुन सक्छ । एसोसिएसन अफ अमेरिकन मेडिकल कलेजका चीफ साइन्टिफिक अफिसर रस म्याकिन्नेका अनुसार भ्याक्सिन पहिले तयार गरेको स्थितिमा त्यो देशले पहिले आफ्ना जनतालाई सुरक्षित गर्नेछ । जसका कारण उसको देशमा अर्थतन्त्र पूर्ण रुपमा खुल्नेछ । यद्यपि सीआइएका पूर्व अधिकारी म्याट कोएनिंग यो पनि प्रश्न उठाउँछन् कि के विश्व चीनले बनाएको भ्याक्सिनलाई विश्वास गर्नेछ ? हालै चीनले कैयौं देशलाई खराब मेडिकल उपकरण पठाएको छ ।
चीन को नियति संसार कब्जा गर्न अग्रसर छ!
कोरोनाभाइरस=चीनभाइरस मार्फत विश्व माथि पहिलै नै आक्रमण गरी सकेको छ।