भारतबाट आएको खाली ट्रकबाट एक करोडभन्दा बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ

डिसी नेपाल
२३ वैशाख २०७७ १७:२८

काठमाडौं । नेपाल भारत सीमा क्षेत्र सिलबन्दी भएको बेला भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको एक करोड भन्दा बढी भारतीय रुपैयाँ फेला परेको छ । मोरङको रानी नाकामा सशस्त्र प्रहरीले चेक गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको खाली ट्रकमा पाँच सय दरका १ करोड ९ लाख ७९ हजार रुपैयाँ फेला पारेको हो। शंका लागेर चेक गर्दा भारतिय नोट फेला परेको हो। थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी बल मोरगका एसपी नेत्रबहादुर कार्कीले जानकारी दिए ।

उक्त ट्रक अत्यआवश्यक सामाग्री लिन भन्दै नेपाल प्रवेश गरेको अनुसन्धानमा देखिएको छ। ट्रकमा भारतिय ५ सय दरका नोट भेटिएको हो। प्रहरीले ट्रकका चालक रविकुमार र सहचालक पप्पु कुमारलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको छ।उनीहरुले प्रहरीसँगको प्रारम्‍भिक बयानमा नेपालबाट डाइपर लिएर सिलगुडी जान लागेको बताएका छन्। ट्रक भारतको सुपौलबाट आएको खुलेको छ।

उनीहरुले सो रकम किन र कहाँ लैजाान ल्याएको भन्ने बारेमा केही खुलेको छैन । उनीहरुले भारतबाट सो रकम कस्ले पठाएको भन्ने बारेमा पनि केही नबताएको सशस्त्र प्रहरी बलका एसपी कार्कीले बताए । एसपी कार्कीका अनुसार पक्राउ परेका दुवै जनालाई प्रहरी मार्फत राजश्व अनुसन्धान विभागलाई बुझाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *