प्रदेश १ मा आठ हजारको कोरोना परीक्षण

विराटनगर । प्रदेश नं १ मा द्रूत परीक्षण विधि ९आरडीटी० र ल्याबमा गरिने परीक्षणबाट आजसम्म आठ हजार ३५ जनाको नमूना परीक्षण भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ छ हजार ३२८ र पिसिआरबाट एक हजार ७०७ जनाको नमूना परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या सोमबारसम्म कूल एक हजार ७७३ छ भने आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा ४७ जना छन् ।
प्रतिक्रिया
Facebook Comment