लकडाउन थप गर्न मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं। सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि बिहीबार सकिने भएपछि लकडाउन थप गर्ने विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दैछ। आज ११ बजे बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउन थप गर्ने र लकडाउनको मोडालिटीका विषयमा छलफल हुने बताइएको छ।
मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रणकालागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन थप गर्न सरकारलाई सिफारिस गरेको थियो। उक्त बैठकमा लकडाउनका विभिन्न मोडालिटीका विषयमा छलफल भएको थियो। अहिले बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको समय थप र मोडालिटीका विषयमा पनि निर्णय गर्ने बताइएको छ।
पछिल्लो पटक नेपालगञ्चमा धेरै कोरोना संक्रमित भेटिएका छन्। हालसम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। ती मध्ये १६ जना उपचारपछि ठिक भएका छन्।
प्रतिक्रिया
Facebook Comment