भीमफेदीमा पहिरोले पुरिएर एक जनाको मृत्यु

डिसी नेपाल
२४ वैशाख २०७७ १०:०५

हेटौँडा । काठमाडौँबाट इपातर्फ जानेक्रममा कोगटेखोला नजिकै आइपुग्दा गए राति बा४४प ६०८५ नंको मोटरसाइकललाई कोगटेखोलामा आएको पहिरोले पुरेको इलाका प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा पुरिएर उक्त मोटरसाइकल चालक भीमफेदी गाउँपालिका–८ देउराली बस्ने २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक खनालको शव परीक्षणका लागि प्रहरीले हेटौँडातर्फ ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *