मुख्यमन्त्रीज्यू ! जनतालाई सास्ती तपाइँलाई मस्ती ? तपाइँले नियम पालना गर्नु पर्दैन ?

डिसी नेपाल
२४ वैशाख २०७७ १०:४५

काठमाडौं। कोरोनाभाइरस संक्रमण फैलिनबाट रोक्ने उद्देश्यसहित देशव्यापी लकडाउन गरिएको आज डेढ महिना पुग्यो । यस बीचमा देशैभरीका जनता घरभित्रै बस्न बाध्य छन् । सीमा नाका सील छ । सार्वजनिक यातायात, हवाइ सेवा सबै ठप्प छ । रकारले लकडाउनकै कारण नेपालमा महामारी फैलिनबाट रोकिएको ठहर गरेको छ । यद्यपि यो अवधिमा जनताले भने निकै सास्ती व्यहोरिरहेका छन् ।

पछिल्लो समय संक्रमण नफैलिएका र कम जोखिमयुक्त क्षेत्रमा विस्तारै लकडाउन खुकुलो पार्नुपर्ने माग उठिरहेका छन् । पूरै देश ठप्प हुँदा दैनिक ज्यालादारी मजदुरको रोजीरोटी समेत खोखिएपछि सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपाय अपनाइ उद्योगहरुलाई पनि विस्तारै खोल्दै जानुपर्ने माग उठेको छ । यद्यपि यी मागहरुप्रति सरकारले खासै सुनुवाइ गरेको देखिएको छैन । यसप्रकारका सुझावको बेवास्ता गर्दै सरकारले लकडाउनमा झनै कडाइ गरिरहेको छ ।

केन्द्र सरकारसँगै प्रदेश सरकार र स्थानीय सरकार झनै कडा रुपमा प्रस्तुत भएका छन् । कतिपय स्थानीय सरकार तथा प्रवेश सरकारले त एउटा वडाबाट अर्को वडा, एउटा पालिकाबाट अर्को पालिका, एउटा जिल्लाबाट अर्को जिल्ला र एउटा प्रदेशबाट अर्को प्रदेशमा समेत आवतजावतमा प्रतिबन्ध लगाउनुपर्ने माग गरिरहेका छन् । जनतालाई कडाइ गर्नेतर्फ निकै सक्रिय यिनै जनप्रतिनिधिहरुमध्येका एक, बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भने मंगलबार तमासा देखाए ।

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल मंगलबार दासढुंगा क्षेत्रको अवलोकन गर्न भन्दै दलबल लिएर निस्किए । त्यस क्षेत्रको समग्र विकासका लागि भन्दै मुख्यमन्त्री पौडेल अवलोकनको नाममा बाहिर निस्किएका थिए । उनको दलबलले त्यस क्षेत्र अवलोकन गरेका तस्वीर न्यूजभित्तोले प्रकाशित गरेको छ । तस्वीरमा मुख्यमन्त्री पौडेलको वरिपरि झण्डै २ दर्जन मान्छेहरु छन् । तर, उनीहरुबीच एक फिटको पनि दूरी छैन ।

संक्रमण फैलिन नदिनका लागि भीडभाड नगर्ने, एक व्यक्तिदेखि अर्को व्यक्तिको दूरी कम्तीमा ६ फिट कायम गर्ने, अनिवार्य मास्क लगाउने लगायतका नियमहरु बनाइएका छन् । तर, यही नियम लागू गराउने जिम्मेवारी पाएका प्रदेशका मुख्यमन्त्री भने आफैं नियमको धज्जी उडाइरहेका छन् । मुख्यमन्त्रीले लापरवाही र गैरजिम्मेवारीको हद त त्यतिबेला पार गरे जब उनी बिना मास्क भीडभाड लिएर हिँडे । उनीसँग भएका केही व्यक्तिले त कमसेकम भएको मास्क चिउँडोमा झारेको तस्वीरमा देखिन्छ । तर, मुख्यमन्त्री पौडेलले मास्क नै लगाएका छैनन् । कुनै पनि तस्वीरमा उनले मास्क लगाएको देखिँदैन ।

न्यूजभित्तोको समाचार अनुसार अवलोकनमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपिया, प्रदेश सभा सदस्यहरु दीपक निरौला, विजय सुवेदी, कृष्ण भूर्तेल, फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई, उपाध्यक्ष शम्भु सुवेदी लगायत सहभागी थिए ।

रोचक त के भने जुन दिन मुख्यमन्त्री बिना मास्क भीडले घेरिएर दासढुंगा भ्रमणमा गए, त्यही दिन केवल एक जना महिलालाई आफ्नो नजिक आउन दिएका कारण सामाजिक दूरी कायम गर्न असफ भएको भन्दै बेलायत सरकारका सल्लाहकार नील फर्ग्युसनले राजीनामा दिएका थिए । फर्ग्युसन उनै हुन् जसले बेलायती प्रधानमन्त्रीलाई संक्रमण रोक्नको लागि लकडाउन गर्न सल्लाह दिएका थिए ।

के प्रोफेसर फर्ग्युसनको जत्तिको नैतिकता देखाउने हिम्मत मुख्यमन्त्री पौडेलमा होला ? राजीनामा त धेरै परको कुरा के उनले आत्मालोचना गर्दै माफी मात्रै माग्न सक्लान् ? लकडाउन उल्लंघन गर्न नदिन सुरक्षाकर्मी परिचालित छन् र उनीहरुले उल्लंघन गर्नेहरुलाई कारवाही गरिरहेका छन् । के मुख्यमन्त्रीसँगै भएका सुरक्षाकर्मीले मुख्यमन्त्रीलाई कारवाही गर्न सक्लान् ? के केन्द्र सरकार वा प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई कारवाही वा चेतावनी दिन सक्लान् ? मुख्यमन्त्रीलाई केही गर्नै नसक्ने हो भने सरकारले जनतालाई लकडाउन भन्दै घरभित्रै थुन्नु र बाहिर निस्किँदा कारवाही गर्नु कति उपयुक्त होला ? सरकार ! संविधान पढेका छौ ? त्यहाँ लेखिएको छ – देशका मालिक जनता हुन् ।




प्रतिक्रिया

One thought on “मुख्यमन्त्रीज्यू ! जनतालाई सास्ती तपाइँलाई मस्ती ? तपाइँले नियम पालना गर्नु पर्दैन ?

  1. ” मलेसियाको अर्थतन्त्रमा कृषि, पशुपालन,उत्पादनमूलक क्षेत्रको महत्वपूर्ण हिस्सा रहँदै आएको छ : तर यो korona virous ले गर्दा मलेसिया निकै प्रभावित बन्न सक्ने अपेक्षा गरिएको छ । महामारीको कारण देखिएको गिरावटले मलेसियाका आम्दानीमा पनि ठूलो असर पर्ने छ। ” (1) कुइरेको मुलुकमा , गतिलो कृषि उत्पादन को कुरा , कहाको उत्पादन रहिच भनेर हेरेयो , मलेसिया को। जस्तै :- भूईकटर , आंप , डुीरयन , रुख कटहर , बिभिन्न तरकारी हरु , लयामि ( हरियो कागती ) , इत्यादि इत्यादि। (2) जसको 3 पुस्ता अगाडी फलफूल खेती , तरकारी खेती , पशुपालन गरेको मलेसियन हरु , त्यही बाट धन को बिकास पनि हुदै हुदै आएर यो 3 पुस्ता सम्म आइपुग्दा , उद्योगपति हरु भएका रहिछन। भनेपछि , फलफुल , कृषि , पशुपालन कम्तीको रहैछ ????? तर मलेसियन हरु बाठो त्यों कुरो नभन्नि ( टुप्पो बाट पलाएको मातिन्छ भनेको जस्तो ) नेपाल ले सोध्यो भने बरु Japan ले भन्छ सिकाउछन। (३) हिजोको दिन सम्म ( 100 बर्ष पनि भएको छैना होला ) , नेपालले सहयोग गरेको मलेसिया लाई (५) हिजोको दिन सम्म , नेपालको पैसा ठूलो थियो मलेसिया , सिंगापुरको भन्दा। तर इंडियन र चाइनीज को आगमन भएको ठाउँमा , ” गरीब मन ” तिकड़म ज्याद हुँदोरहीच। त्यसैले World मा , मुस्सलवान पछि , इंडियन र चाइजिन हरुलाई , कसैले पनि मन पराउदैनन। बिस्वास पनि नगर्ने। (6) दुर्भाग्य , World घ्रणा गरेको मुस्सलवान , Wold मा त्यति मन नपराउने इंडियन र चाइजिन हरुलाई , यो 3 तिनै वटा दुर्भाग्य हरुलाई , नेपालमा नेपालको सम्पति , मौजमस्ती छ। (६) गर्नी हरुले , कृषि लाइ पनि देशै भरी पुग्ने गरेर उत्पादन गर्छन , देशभरि पुर्याउछन। त्यसपछि , बिदेश तीर पठाउने ताकने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *