प्रतिबन्ध हुँदाहुँदै पनि कोरोना संक्रमित बोकेर जहाज उडिरह्यो, कैयौं देशमा संक्रमण फैलियो
काठमाडौं। इरानका एक एयरलाइन्सले प्रतिबन्धको उल्लंघन गर्दै कैयौं देशमा आफ्नो उडान जारी राख्यो । यस क्रममा संक्रमित बिरामीहरुलाई पनि विमानमा यात्रा गराइयो । बीबीसी अरबीको एक रिपोर्टमा यसको खुलाा भएको हो । रिपोर्टका अनुसार इरानले ३१ जनवरीमा विमानहरुलाई चीन जान र चीनबाट फर्किन प्रतिबन्ध लगाएको थियो । तर, इरानको रोभोल्युसनरी गार्ड कर्प्ससँग सम्बन्धित एक एयरलाइन्स महान एयरले कैयौं हप्ता पछिसम्म सेवा जारी राख्यो ।
यस क्रममा महान एयरका विमानले चीनसहितका अन्य देशमा उडान जारी राखे । एयरलाइन्सले प्रतिबन्धपछि सेवा जारी राखिएको कुरा लुकायो र झट बोल्यो । इरानको राजधानी तेहरान र चीनका विमानस्थलका डाटाले यो कुराको पुष्टि गर्छन् कि महान एयरले मार्चसम्म सेवा जारी राखेको थियो । ६ फेब्रुअरीमा एक विकानले वुहानबाट ७० इरानी विद्यार्थी लिएर आएको थियो । त्यही दिन त्यो विमान इराकको लागि पनि उड्यो ।
महान एयरले ६ फेब्रुअरीको उडानको आलोचना भएपछि उसले चीनका सबै उडान रद्द गरेको दावी गरेको छ । तर, फ्लाइटराडार २४ को डाटाअनुसार २३ फेब्रुअरीसम्म बेइजिङ, शंघाइ, गुआन्झेउ र शेनझेनबाट ५५ विमानले उडान भरेका थिए । रिपोर्टमा खुलासा भए अनुसार इराक र लेबनानमा कोरोनाभाइरसको पहिलो केस महान एयरको उडानबाटै आएका थिए ।
एयरलाइन्सका जुन विकान चीनबाट तेहरानको लागि उड्थे तिनै विमान २४ घण्टाभित्र बार्सिलोना, दुबई, क्वालालम्पुर र इस्तानबुल पनि जान्थे । एयरलाइन्सका केबिन क्रुले पीपीइको कमी र विमानमा संक्रमण रोक्ने मुद्दा उठाएका थिए तर उनीहरुलाई चुप गराइएको थियो । महान एयरले भने आफ्ना विमान मानवीय सहायता पुर्याउनको लागि चीन गएको र ती विमानमा कुनै पनि प्यासेन्जर फ्लाइट नभएको दावी गरेको छ तर बीबीसीको रिपोर्टमा यी उडान प्यासेन्जर फ्लाइट नै भएको बताइएको छ ।
Facebook Comment