देशभर लकडाउन केही खुकुलो, अब के–के गर्न पाइने ?

डिसी नेपाल
२४ वैशाख २०७७ १४:१७

काठमाडौं। सरकारले लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याएको छ । आज बेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो । यसैको पूर्वसन्ध्यामा आज लकडाउनको अवधि थप भएको हो ।

सरकारले लकडाउनको अवधि थप गरे पनि केही क्षेत्रमा भने छुट दिने भएको छ । यसअघि सरकारले औषधी र स्वास्थ्य सामग्री, तरकारी, फलफूल, खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्रीको ओसारपसारमा छुट दिए पनि अन्य सामग्री ओसारपसार गर्न भने पाइँदैन थियो ।

अब भने भौतिक निर्माण समग्री, मल बीउबिजनलगायतका सामग्री पनि ओसारपसार गर्न पाइनेछ । निर्माण सामग्री र कृषि सामग्रीहरुमा आजदेखि छुट दिइएको एक मन्त्रीले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *