अन्तर्राष्ट्रिय हवाइ उडान जेठ १८ गतेसम्म बन्द, सीमामा झन कडाइ

डिसी नेपाल
२४ वैशाख २०७७ १४:२७

काठमाडौँ । हवाइ उडान र सीमा नाका आगामी जेठ १८ गतेसम्म बन्द रहनेछ । सीमा नाकामा झनैक कडाइ गरिनेछ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले अन्तर्राष्ट्रीय सीमा नाका र हवाइ उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।

छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका कारण सीमा नाका बन्द गर्ने र थप कडाई गर्ने निर्णय गरिएको हो । हवाइ उडान पनि सोही समयसम्म बन्द रहनेछ । यसअघि हवाइ उडानमा प्रतिबन्ध जेठ २ सम्मको लागि लागू गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *