समाजसेवी एकेन्द्र कुँवर राहत वितरणमा सक्रिय

डिसी नेपाल
२४ वैशाख २०७७ १४:५९

काठमाडौं। कोरना भाइरसका कारण बिपन्न र असंठित वर्ग यतिखेर निकै प्रभावित बनेका छन्। त्यसमा पनि दैनिक काम गरेर गुजारा चलाउनेकाे पीडा बेग्लै छ।

विहान बेलुका छाक टार्न मुस्किल हुनेहरुका लागि सुदुर पश्चिम आछाम घर भइ हाल धनगढी बस्दै आएका समाजसेवी एकेन्द्र कुँवर साहरा बनेका छन्।

कसैको घरको चुलो निभ्नु हुँदैन र कोही पनि भोकै रहनु हुन्न भन्दै कुँवरले आफ्नै निजी लगानीमा सैयौं बिपन्न परिवारलाइ दाल चामल लगायतका खाद्यान्न वितरण गरेका छन्। ।खासगरी दैनिक काम गरेर खाने र भोकै बस्न बाध्य भएलाइ कुँवरले खोजी खोजी सहयोग गर्दै आइरहेका छन्।

समाजसेवी कुँवरले गरेको काम यतिखेर उदाहारणीय बनेको छ उनले मागेर खाने साधु सन्त दृस्टीविहीन र सुदुरपस्चिमबाट काठमाडौं आएर बसोबास गर्ने बिद्यार्थीलाइ राहत बितरण गरेका हुन्।

काठमाडौंमा आइ अध्यनरत सुदुरपश्चिमका विद्यार्थीहरुको संख्या निकै ठूलो छ। सामाजिक काम गर्दा आफूलाइ निकै सन्तुस्टि हुने गरेको बताउने कुँवर खेलकुद परिषदका केन्द्रीय सदस्यसमेत हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *