उपत्यकाभित्र लकडाउन उल्लघंन गर्ने १५८४ जना नियन्त्रणमा
काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ७ महिला सहित १५ सय ८४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुभबार विहान ६ बजे देखि साँझ ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।
यसै गरी ५ सय ८० वटा दुई पाङ्ग्रे र ४९ वटा चारपाङग्रे गरी ६ सय २९ वटा सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी १३ सय ३९, ललितपुरमा २ सय ३२ जना र भक्तपुरमा १३ जनालाई नियन्त्रणमा लिएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
Facebook Comment