बुद्ध जयन्तीलाई विश्व ध्यान दिवसको रुपमा मनाउन स्वामी अरुणको आह्वान

डिसी नेपाल
२५ वैशाख २०७७ ४:४९

काठमाडौं । काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध जयन्ती (वैशाख पूर्णिमा) लाई  अन्तर्रा्ष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन आह्वान गरेका छन् ।

बुद्ध जयन्तिको अवसरमा कुरा गर्दै स्वामी अरुणले भने, “आजको युगमा मानसिक समस्याहरु यति बढी सक्याछन्, अधिकांश व्यक्तिलाई यसको आवश्यकता महसुस भै सक्या छ ।  आजको युगमा ध्यान अपरिहार्य भै सकेको छ, त्यसैले मैले यो प्रस्ताव राखेको हुं ।”

स्वामी अरुणले नेपाल सरकारलाई थाइल्याण्ड, श्रीलंका, म्यानमारजस्ता बौद्ध धर्मावलम्वी मुलुकहरुसंग सहकार्य गरी यो प्रस्ताव राष्ट्र संघमा लग्न पनि सुझाव दिए । हामीले ढिलो गर्यौं भने अर्को मुलुकले यस्तो प्रस्ताव लिएर जान सक्छ, उनले भने ।

स्वामी अरुणले एसियाली मुलुकहरुलाई आर्थिक र धार्मिकरुपमा एकताबद्ध गर्न एसियाली संघ वा एसियन युनियनको अवधारणामा जान सुझाव पनि दिए । काश्मिरको समस्या होस् वा रोहिंगीया मुसलमान, ती समस्या समाधान गर्न एसियन युनियनमा जानुको विकल्प छैन, उनले भने ।

स्वस्थ शरीरका लागि योग र स्वस्थ मनका लागि ध्यान आवश्यक छ भन्दै स्वामी अरुणले सबैलाई दैनिक २० मिनट योग, २० मिनट प्राणायाम तथा २० मिनट ध्यान गर्न आग्रह गरे । उनले नेपालमा आध्यात्मिक पर्यटनको प्रचुर संभावना रहेको बताउँदै ध्यान र योग सिक्न ओशो तपोवनमा वर्षेनि ८० भन्दा बढी मुलुकका मानिसहरु आइरहेको जानकारी पनि दिए ।

गत वर्ष वाशिङटन डिसीमा संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीद्वारा आयोजित एक समारोहमा बोल्दै स्वामी अरुणले योग र ध्यानको सन्देश लिएर आफूले संसारभरि भ्रमण गरिरहेको बताएका थिए ।

उनले भगवान बुद्धको जन्मस्थल नेपालले बैशाख पूर्णिमालाई बुद्ध जयन्तीको रुपमा मनाउन संयुक्त राष्ट्र संघमा एक प्रस्तावको रुपमा लैजान ढिला गर्न नहुने बताए । कार्यक्रममा उपस्थित अमेरिकाका लागि श्रीलङ्का तथा म्यानमारका राजदूतहरुले नेपाल सरकारले राष्ट्रसंघमा त्यस्तो प्रस्ताव ल्याएमा आफ्नो मुलुकका तर्फबाट पूर्ण समर्थन हुने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *