कोरोनाको उपचार खोजीमा सफलता नजिकै पुगेका वैज्ञानिकको गोली हानी हत्या
काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरको सुरुवात चीनको वुहान शहरबाट भएको थियो । यही कारण विश्वका कैयौं देशले चीनमाथि नै प्रश्न उठाइरहेका छन् । चीनले भने यी सबै आरोपको खण्डन गर्दै आएको छ । यही बीचमा चीनमा कोरोनाभाइरसका विषयमा अनुसन्धानमा सक्रिय एक अनुसन्धानकतोको गोली हानेर हत्या गरिएको छ ।
दावीका अनुसार पिट्सबर्ग मेडिकल सेन्टरमा कार्यरत अनुसन्धानकर्ता डा. बिंग लिउले कोरोनाभाइरसका विषयमा निकै ठूलो खोजी गरेका थिए । बिंग लिउ आफ्नो खोजीलाई सार्वजनिक गर्ने तयारीमा थिए । तर, उनले आफ्नो खोजी सार्वजनिक गर्न नपाउँदै उनको गोली हानेर हत्या गरिएको छ । यससँगै उनले के बताउन चाहन्थे र उनको खुलासा चीनले सार्वजनिक गर्न चाहँदैनथ्यो भन्ने विषयमा कैयौं प्रश्नहरु उठाइएका छन् ।
बिंग लिउलाई गोली हानेर हत्या गर्ने व्यक्तिले पछि आफूलाई पनि गोली हानेर आत्महत्या गरेका छन् । ३७ वर्षका बिंग लिउ एक्लै बस्थे र रस इलाकामा उनको अपार्टमेन्टमा पसेर एक व्यक्तिले उनलाई गोली हानेका थिए । सीएनएनको रिपोर्ट अनुसार लिउको टाउको, घाँटी र शरीरका अन्य भागमा गोली लागेको छ जसका कारण उनको घटनास्थलमै मृत्यु भयो ।
रिपोर्टमा अनुसार जतिबेला आक्रमणकारी उनको घरमा आएका थिए त्यतिबेला डाक्टरकी श्रमिती घरमा थिइनन् । युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टरले रिसर्चर लिउको मृत्युमा दुःख व्यक्त गर्दै उनी कोरोनाभाइरसका विषयमा ठूलो खोजीको नजिकै पुगेको र छिटै यसको उपचार खोज्नेवाला बएको बताएको छ ।
Facebook Comment