उदयपुरका प्रहरी हवल्दार सप्तरीमा ड्युटीमा थिए, ‘स्ट्याण्डबाइ’ अवस्थामै अचानक मृत्यु

डिसी नेपाल
२५ वैशाख २०७७ ११:१२

काठमाडौं। सप्तरीमा ड्युटीमा रहेका एक प्रहरी हवल्दारको ‘स्ट्याण्डबाइ’ अवस्थामै अचानक मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कार्यालयभित्रै ड्युटीमा रहेका मगरको बिहीबार बिहान एक्कासी मृत्यु भएको हो । ३७ वर्षमा मृतक मगर उदयपुर जिल्ला निवासी हुन् । उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *