श्रीमान विदेशमा पसिना बगाउँदै, श्रीमती परपुरुषसँग एउटै पासोमा झुण्डिइन्, बालक छोराको बिचल्ली

डिसी नेपाल
२५ वैशाख २०७७ १३:०९

काठमाडौं। श्रीमान वैदेशिक रोजगारीमा गएपछि श्रीमतीको परपुरुषसँग अनैतिक सम्बन्ध सुरु हुने र त्यले निम्त्याउने भयावह घटना फेरि दोहोरिएको छ । गुल्मीको मलायगिरी घर भइ बुटवलको मोतिपुर बस्दै आएकी गीता खड्काले परपुरुषँग एउटै पासोमा झुण्डिएर आत्महत्या गरेकी छिन् । श्रीमान ईश्वर खड्का वैदेशिक रोजगारीको लागि मलेसियामा छन् । आमाको मृत्युसँगै ५ वर्षका छोराको बिचल्ली भएको छ ।

मंगलबार बिहान गीता बिहानै ४ बजे ५ वर्षका छोरा लिएर दिदी लक्ष्मी कुँवरकहाँ गएकी थिइन् । दिदी लक्ष्मी नजिकै बस्छिन् । बिहानै छोरालाई दिदीको कोठाभित्र धकेलेर ‘अहिले आउँछु’ भन्दै हिँडेकी गीता केही समयपछि नै दिदीको घरनजिकै रुखमा परपुरुषसँग एउटै पासोमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनीसँगै झुण्डिएका पुरुष पनि विवाहित भएको खुलेको छ ।

झण्डै ८ महिनाअघि गीतालाई उनका श्रीमान ईश्वरले डेरामा राखेर मलेसिया गएका थिए । उनले छोरालाई पढ्न सजिलो होस् भनेर श्रीमतीलाई शहर ल्याएर राखेका थिए । श्रीमानले समय–समयमा पैसा पठाइरहन्थे । तर, यही बीचमा गीताको एक पुरुषसँग हिमचिम बढ्यो । उदयपुर चौदण्डीका हिरा श्रेष्ठसँग गीताको हिमचिम बढेको दिदी लक्ष्मीले पनि थाहा पाएकी थिइा् । तर, लक्ष्मीले सम्झाउन खोज्दा ‘बोल्दैमा के हुन्छ र ?’ भनेर गीता उल्टै झर्किइन् ।

गीतासँगै झुण्डिने हीराका पनि घरमा छोरा भएको खुलेको छ । तर, यी दुवै षणिक मायामा परिवार बिर्सिए । हीराले श्रीमती र छोरा बिर्से, गीताले पनि श्रीमान र छोरा बिर्सिन् । गीताका श्रीमान ईश्वर नेपाल आउने तयारीमा थिए । गएको चैत २० गतेको लागि ईश्वरले टिकट लिइसकेका थिए तर कोरोना महामारीका कारण उनी आउन पाएनन् यता श्रीमती रहिनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *