छोराले क्वारेन्टाइनको समय पूरा नहुँदै घर आउन खोजेपछि पिताले लठ्ठीले कुटेर मारिदिए
काठमाडौं। बाहिरबाट आएपछि गाउँमा संक्रमण फैलिन सक्ने आशंकामा क्वारेन्टाइनमा राखिएका छोराले क्वारेन्टाइनको अवधि पूरा नहुँदै घर आउन खोजेपछि पिताले छोराकै हत्या गरिदिएका छन् । आज तकका अनुसार भारतको मध्य प्रदेशको बालाघाटका ती पिताले चाँडै घर आउन खोजेका छोरालाई नआउन भनेका थिए तर छोराले नमानेपछि पिताले लाठीले कुटेर छोराहो हत्या गरिदिएका हुन् ।
आरोपी पिता भीमालाललाई बुधबार गिरफ्तार गरिएको छ । उनका छोरा टेकचंद केही दिन पहिले हैदराबादबाट फर्केका थिए । मृतकका भाइ रुपचंदका अनुसार टेकचंद फेब्रुअरीमा मजदूरीका लागि हैदराबाद गएका थिए । लकडाउन भएपछि उनी त्यहाँबाट अन्य मजदूरहरुसँग पैदल घर आएका थिए । १ मेका दिन उनीहरु बैहर पुगेका थिए । त्यहाँ १ दिन क्वारेन्टाइमा राखियो त्यसपछि गाउँ पंचायत कुगांवमा २ दिन क्वारेन्टाइनमा राखियो । त्यसपछि होम क्वारेन्टाइनमा बस्न भनेर पठाइयो ।
३ मेका दिन टेकचंद घर पुगे । तर, पिता भीमालालले अझै केही दिन गाउँकै क्वारेन्टाइन सेन्टरमा बस्न भने । यही कुरामा विवाद भयो र पिता भीमालालले टेकचंदको टाउकोमा लाठीले तीन–चार पटक हिर्काए । यसबाट टेकचंद गम्भीर घाइते भए । उनलाई बैहर अस्पतालमा भर्ना गरिएकोमा त्यहीँ उनको मृत्यु भयो ।
Facebook Comment