कोरोनाभाइरसः एउटै देशमा एक महिनामै २ करोड जना जागिरबाट निकालिए !

डिसी नेपाल
२५ वैशाख २०७७ १४:४८

वाशिङटन। कोरोना महामारीले अमेरिकी अर्थव्यवस्थालाई तहसनहस पारेको छ । जानकारहरुको अनुमानअनुसार अमेरिकामा अप्रिल महिनामा मात्र २ करोड मानिहरु जागिरबाट निकालिएका छन् । यो अमेरिकामा रोजगारीको हिसाबले सबैभन्दा खराब महिना बनेको छ । एक सर्वेक्षणमा कैयौं अमेरिकी अर्थशास्त्रीहरुले अप्रिल महिनामा मात्र अमेरिकामा करोड १८ लाखले रोजगारी गुमाएको बताएका छन् ।

मार्च २०१० देखि फेब्रुअरी २०२० को बीचमा अमेरिकामा २ करोड नयाँ रोजगारीको सृजना भएको थियो । अर्थात कोरोनाका कारणले अमेरिकाले १० वर्ष लगाएर रोजगारीमा जे जति वृद्धि गरेको थियो त्यो सबै गुमाएको छ । यसबारेमा आधिकारिक तथ्यांक शुक्रबार जारी गरिनेछ । कोरोनाभाइरसका कारण अमेरिकामा कार्यालय, कारखाना, स्कुल, निर्माण कार्य र स्टोर सबै बन्द छन् । यसका कारण अमेरिकी अर्थव्यवस्था नराम्रोसँग प्रभावित भएको छ ।

अमेरिकाको होटल क्षेत्रमा ८६ लाख कर्मचारी बेरोजगार भएका छन् । यसका अलावा अप्रिल महिनामा ट्रेड, ट्रान्सपोर्ट जस्ता क्षेत्रमा ३४ लाख कर्मचारीले जागिर गुमाएका छन् । निर्माण कम्पनीहरुले २५ लाख कर्मचारीलाई कामबाट हटाएका छन्, उत्पादन कर्मचारीहरुले १७ लाख कर्मचारी हटाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *