कोरोनाको औषधि खोजी गरेका कारण मारिएका होइनन् चिनियाँ वैज्ञानिक

डिसी नेपाल
२५ वैशाख २०७७ १५:२८

काठमाडौं। कोरोनाभाइरसको औषधिको खोजीमा सफलतानजिक पुगिसकेको भनिएका चिनियाँ अनुसन्धानकर्ताको हत्याको विषयमा पुलिसले नयाँ खुलासा गरेको छ । उनको हत्या प्रेम त्रिकोणका कारण भएको हुन सक्ने पुलिको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

३७ वर्षका चिनियाँ अनुसन्धानकर्ता डा. बिंग लिउको टाउकोमा गोली हानी अमेरिकाको पेन्सलभेनियाको रोस टाउनशिपमा रहेको उनकै अपार्टमेन्टमा हत्या गरिएको थियो । पुलिसका अनुसार उनकोह त्या ४६ वर्षका हाओ गुले गरेको भेटिएको छ । हाओ सफटवेयर इन्जिनियर थिए । गुले लिउको घरभित्र छिरेर उनलाई गोली हानेपछि फर्केर १०० मिटर टाढा पार्क गरिएको आफ्नो गाडीमा पुगेपछि आफूलाई पनि गोली हानी आत्महत्या गरेको पाइएको पुलिसले जनाएको छ ।

अनुसन्धानमा लिउको हत्या उनीहरुको ‘अन्तरंग पार्टनर’ को विषयमा लामो विवादपछि भएको पाइएको पुलिसले जनाएको छ । यद्यपि पुलिसले यी दुईले एक अर्कालाइ कसरी चिने वा उनीहरुकी ‘अन्तरंग पार्टनर’ को हुन् भन्ने बारे केही खुलाएको छैन । लिउ विवाहित थिए र आफ्नी श्रीमतीसँग बस्थे । यद्यपि हत्याको समय उनकी श्रीमती घरमा थिइनन् । हाओ गू विवाहित भए नभएकोबारे केही खुलाइएको छैन । उनीहरुमध्ये कसैको अर्का व्यक्तिकी श्रीमतीसँग अवैध सम्बन्ध भएको हुन सक्ने आशंका गरिए पनि पुलिसले केही बताएको छैन ।

पुलिसले लिउले गरिरहेको कोरोनाभाइरससम्बन्धी अनुसन्धानका कारण उनको हत्या भएको हुन सक्ने कुनै पनि प्रमाण नभेटिएको बताएको छ । लिउले युनिभर्सिटी अफ पिटसबर्ग मेडिकल सेन्टरमा रिसर्चअसिस्टेन् प्रोफेसरको रुपमा काम गर्थे । यद्यपि विश्वविद्यालयले भने उनी कोरोनाभाइरससम्बनधी अनुसन्धानमा संलग्न रहेको र यस विषयमा ठूलो खोजी खरेर त्यसको खुलासा गर्ने तयारीमा रहेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *