भरुवा बन्दुक सहित पक्राउ

डिसी नेपाल
२५ वैशाख २०७७ १७:१३

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–४ कार्की गाउँस्थित खोलाफेद चौतराबाट सोही ठाउँ बस्ने ५३ वर्षीय चेत बहादुर गुरुङलाई भरुवा बन्दुक १ थान सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले गुरुङलाई उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *