बाघको आक्रमणबाट जनप्रतिनिधि घाइते

डिसी नेपाल
२५ वैशाख २०७७ २०:२९

गुलरिया । बाघको आक्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घाइते भएका छन्। बिहिबार दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उहाँलाई घाइते बनाएको हो ।

आक्रमणबाट उनको घाँटी, ढाड र छातीमा चोट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताए । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पु¥याइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *