चिहानमा गाडिएकी महिलाले आफैं माटो हटाएर बाहिर निस्किएपछि…
काठमाडौं। चिहानमा गाडिएकी एक महिला आफैं माटो हटाएर बाहिर निस्किएकी छिन् । मदिराले मातेका उनका छिमेकीहरुले उनलाई जिउँदै चिहानमा गाडेका थिए । युक्रेनकी ५७ वर्षकी निना रुचेन्कोलाई उनका छिमेकी २७ र ३० वर्षका दाजुभाइले आक्रमण गरी जिउँदै गाडेका थिए । डेलिमेलका अनुसार ती दाजुभाइले उनलाई चिहानघाटसम्म घिसारेर लगेका थिए त्यपछि उनी आफैंलाई आफ्नो चिहान खन्न बाध्य पारिएको थियो । पछि उनलाई त्यही चिहानमा गाडियो ।
उनीहरुले निना मरेको ठानेर त्यहाँबाट गए त्यसपछि उनले आफैं माटो हटाएर चिहानबाट निस्किएकी थिइन् । उनलाई गाड्नेहरुलाई हत्या प्रयासको अभियोगमा १० वर्षसम्मको जेल सजाय हुन सक्ने पुलिसले जनाएको छ । रिपोर्टका अनुसार ती दाजुभाइ जबरजस्ती महिलाको घरमा घसेका थिए जतिबेला महिला घरमा एक्लै थिइन् । ती दाजुभाइे केही नबोली महिलालाई आक्रमण गरेका थिए ।
उनीहरुले महिलालाई २ घण्टासम्म यातना दिएका थिए । राती ती दाजुभाइले उनलाई घिसारेर नजिकैको चिहानघाटमा लिएर गए त्यसपछि उनको अनुहारमा पानी खन्याउन थाले । उनी होसमा आएपछि दाजुभाइले उनलाई खाल्डो खन्न बाध्य पारे । खाल्डो खनेपछि उनलाई त्यहाँ सुत्न भने । उनी चिहानमा घाप्टो परेर सुतिन् त्यसपछि उनीहरुले महिलालाई माटोले पुरिदिए । महिलाका अनुसार उनले आफ्नो अनुहार हातले ढाकिन् ताकि त्यहाँ केही हावा राख्न सकियोस् ।
उनहिरु महिला मरिसकेको ठानेर त्यहाँबाट गए । त्यसपछि महिलाले जसोतो त्यहााबाट निस्कन सकिन् । त्यसपछि उनी होस गुमाउनुभन्दा पहिल्यै घिस्रिँदै घरसम्म पुगिन् । भोलिपल्ट बिहान उनलाई उनकी महिनी लुडमिलाले भुइँमा पल्टिएको अवस्थामा फेला पारेकी थिइन् । उनलाई तत्काल अस्पताल पुर्याइयो ।
Facebook Comment