लक्ष्यको सबैभन्दा नजिक पुगेका ६ कोरोना भ्याक्सिन, कहाँ, कसरी बन्दैछन् र कहाँ पुग्यो प्रगति ?

डिसी नेपाल
२६ वैशाख २०७७ १२:१५

काठमाडौं। कोरोनाभाइरसका कारण पूरै विश्वको हालत नाजुक छ । अहिले सबैभन्दा ठूलो आवश्यकता भनेको भरपर्दो उपचारको हो । विश्वभरमा कोरोनाभाइरस नष्ट गर्नको लागि कैयौं किसिमका प्रयोग भइरहेका छन् । भ्याक्सिन, औषधी र इम्युनिटीका विषयमा प्रयोगहरु केन्द्रित छन् । यद्यपि अहिलेसम्म कसैले पनि भ्याक्सिन कहिलेसम्म बनेर तयार हुन्छ भन्न सकेका भने छैनन् । विश्वभर कोभिड–१९ भ्याक्सिनको लागि वैज्ञानिकहरुका ९० भन्दा धेरै टिमले काम गरिरहेका छन् । सबै फरक फरक स्तरमा छन् । यीमध्ये ६ टिम मात्र लक्ष्यको नजिक छन् । यी ६ टिमले मानवमा परीक्षण सुरु गरिसकेका छन् ।

१. एडी ५ – एनसीओभी भ्याक्सिन

चीनको कम्पनी क्यान्सिनो बायोलोजिक्स ले १६ मार्चदेखि आफ्नो परीक्षण सुरु गरेको थियो । क्यान्सिनोसँग चीनको एकेडेमी अफ मिलिट्री मेडिकल साइन्सेज र इन्स्टिच्युट अफ बायोटेक्नोलोजीले पनि काम गरिरहेको छ । यो कम्पनीले कोरोनाको उपचारको लागि भाइरसलाई काट्न भाइरसकै प्रयोग गरेको छ । यसको लागि मानव शरीरमा आँखा, सास नली, फोक्सो, पेट र स्नायु प्रणालीमा संक्रमणको कारक बन्ने भाइरस एडेनोभाइरसलाई यो भ्याक्सिनमा उपयोग गरिएको छ । यो भ्याक्स्निमार्फत एडेनोभाइरस शरीरमा पठाएर कोशिकाको त्यो प्रोटिनलाई सक्रिय बनाइन्छ जुन प्रोटिनले कोरोनाभाइरससँग लड्नेछ । यसबाट रोग प्रतिरोधी शक्ति पनि बढ्नेछ ।

२. एलभी–एसएलइएनपी–डिसी भ्याक्सिन

चीनको शेनझेन जीनोइम्युन इन्स्टिच्युटले एक भ्याक्सिन तयार गरेको छ जुन भ्याक्सिन एचआइभीको लागि जिम्मेवार भाइरस लेन्टिभाइरसमा आधारित छ । यो कम्पनीले भ्याक्सिन विकासको लागि ती कोशिकाको सहयोग लिएको छ जो प्रतिरोधक क्षमतालाई सक्रिय बनाउँछन् । यी कोशिकाहरु शरीरमा बाहिरी भाइरस आउनासाथ सक्रिय हुन्छन् र भाइरसमाथि आक्रमण गर्छन् । यो आक्रमणबाट या त भाइरस मर्छ या निष्क्रिय हुन्छ ।

३. इनएक्टिभेटिड कोभिड–१९ भ्याक्सिन

चीनको वुहानस्थित बायोलोजिकल प्रोडक्ट्स इन्स्टिच्युटमा यतो भ्याक्सिन बनाइँदैछ जो निष्क्रिय कोरोनाभाइरसबाट बन्नेछ । चीनका वैज्ञानिकहरुले निष्क्रिय कोरोनाभाइरसको जीनमा यस्तो बदलाव गरेका छन् कि अब उसले कुनै पनि मानिसलाई संक्रमित गर्न सक्दैन । यो भ्याक्सिन बनाउने परम्परागत विधि हो । धेरैजसो भ्याक्सिन यही विधिबाट बनाइन्छन् ।

४. चाडोक्स १ भ्याक्सिन

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा चाडोक्स १ भ्याक्सिन विकसित गरिँदैछ । यो युरोपमै पहिलो क्लिनिकल ट्रायल सुरु गर्ने भ्याक्सिन हो । यसको क्लिनिकल ट्रायल २३ अप्रिलदेखि सुरु भएको थियो । यहाँ पनि भाइरसबाटै भाइरसलाई काट्ने तयारी भइरहेको छ । अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले चिम्पान्जीबाट लिइएको कमजोर एडेनोभाइरसको उपयोग गरिरहेका छन् । यो भाइरसमा केही जेनेटिक परिवर्तन गरिएको छ ताकि यसले मानव शरीरमा गएर उल्टो काम सुरु नगरोस् ।

५. एमआरएनए–१२७३ भ्याक्सिन

अमेरिकाको म्यासाचुसेट्सस्थित बायोटेक्नोलोजी कम्पनी मोडर्ना थेराप्युटिक्सले यतो भ्याक्सिन बनाउँदैछ जसले मानव शरीरको इम्युनिटी अर्थात रोग प्रतिरोधी क्षमतालाई कोरोनाभाइरससँग लड्नको लागि प्रशिक्षित गर्नेछ । यो भ्याक्सिनले कोरोनाभाइरसलाई शरीरमा फैलिनबाट रोक्नेछ । यसको लागि मोडर्नाले कमजोर र लगभग निष्क्रिय भइसकेका भाइरसलाई मानव शरीरमा पठाउनेछ ताकि शरीरमा यसको इम्युनिटी विकसित गर्नसकियोस् । तर, मोडर्नाले यसको लागि कोरोनाभाइरसको उपयोग गरेको छैन । यसको लागि वैज्ञानिकले कोरोनाको जेनेटिक कोड तयार गरेका छन् । यसको सानो हिस्सा शरीरमा सुईबाट हालिनेछ । त्यसपछि यो कोरोनाभाइरससँग लड्नेछ ।

६. आइएनओ–४८०० भ्याक्सिन

अमेरिकाको पेन्सलभेनियास्थित फार्मा कम्पनी इनोभियोले यस्तो भ्याक्सिन बनाउँदैछ जसमा बिरामीको कोशिकाहरुमा प्लाज्मिडबाट सिधै डीएनए शरीरभित्र इन्जेक्ट गरिनेछ । यसबाट बिरामीको शरीरमा कोरोनाभाइरससँग लड्न एन्टिबडीहरु बन्न थाल्नेछन् । इनोभियो एक जेनेटिक स्ट्रक्चरमा परिवर्तन गरेर यो रोगलाई निको पार्न चाहन्छ । किनकि यदि शरीरभित्र शरीरभित्र जेनेटिकली यो रोगसँग लड्ने क्षमता उत्पन्न भयो भने भविष्यमा कहिल्यै पनि यो खतरा आउने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *