रविभवनमा नेपाली सेनाका प्रमुख सेनानीले चलाएको कारले हान्दा मोटरसाइकल चालकको मृत्यु

डिसी नेपाल
२६ वैशाख २०७७ १२:३१

काठमाडौं। शुक्रबार बिहान काठमाडौंको रविभवनमा भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिएर भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतक २३ वर्षका टिकाराज गेलाल भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

कलंकीबाट कालीमाटीतर्फ आउँदै गरेको बा २१ च ४९४७ नम्बरको कार र कालीमाटीतर्फबाट कलंकीतर्फ जाँदै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका हुन् । मोरङ घर भएका गेलालको नेपाल नेसनल अस्पताल कलंकीमा उपचारका क्रममा मृत्यु भएको पनि प्रहरीले जानकारी दिएको छ ।

३९ वर्षीय कारचालक शिखर जबरा र कारलाई नियन्त्रणमा लिइएको पनि प्रहरीले बताएको छ । स्युचाटार घर भएका जबरा नेपाली सेनाको प्रमुख सेनानी भएको र मुख्याललयमा कार्यरत भएको पनि प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *