कोरोनाभाइरसः ‘फ्रन्टलाइन’मा खटिनेहरुलाई सुरक्षा सामग्री वितरण गर्दै समाजसेवी भण्डारी

डिसी नेपाल
२६ वैशाख २०७७ १४:०२

काठमाडौं। विश्वव्यापी रूपमा महामारीको रूपमा फैलदै गरेको कोरना भाइरसले विश्वभरी लाखौं मानिसहरूको ज्यान मात्रै लिएको छैन मानव जीवन नै संकटमा परिरहेका बेला समाजसेवालाई आफ्नो धर्म ठान्नेहरुले भने दीन दुःखी र विपन्नहरुलाई सकेको सहयोग रिरहेका छन् । यस्तै एउटा उदाहरणीय पात्र हुन भद्रा भण्डारी ।

नेपाली कांग्रेसकी नेतृ समेत रहेकी भण्डारीले जोखिम मोलेरै भए पनि खाद्यान्न मास्क पिपिइ पन्जा लगायत सुरक्षा सामग्रीहरु बितरण गरिरहेकी छिन् । उनले यसरी सुरक्षात्मक सामग्री वितरणमा फ्रन्टलाइनमा रहेर काम गर्नेहरुलाई प्रमथमिकता दिएको बताएकी छिन् । बारम्बार लक डाउन थप भैरहँदा यसबाट प्रत्यक्ष प्रभाव दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू, वृद्धवृद्धाहरू, विद्यार्थीहरू, बाल बालिकाहरू, अशक्त र असहाय महिलाहरूका साथै विपन्न वर्गहरूलाई अझ बढी प्रभावित बनाएको छ ।

स्थानीय सरकारको पहलमा राहत वितरण भएता पनि पर्याप्त हुन नसकेको र परिचय विहीन वर्गले राहत नै प्राप्त नगरेको र त्यस्ता वर्गका भोका पेटहरूको लागि आ–आफ्नो टोलमा स्थानीय सामाजिक संघ संस्था र क्लवहरूले निःशुल्क भोजनको व्यवस्था गरेर विभिन्न सामाजिक अभियन्ता र संघ–सस्थाहरुले उदाहरणीय काम गरेका छन् ।

काठमाडौं–३२ कोटेश्वर अन्तर्गतका ठाउँहरूमा सेतीओपी युवा क्लव, कोटेश्वर समाज सुधार युवा क्लव, शुभकामना मार्ग कोटेश्वर, पेप्सीकोला सिनामंगल मंदिर र गौरी शंकर पार्टी प्यालेस नरेफाँट लगायतले सहयोग गरिरहेका छन् ।

समाजसेवी भण्डारीले फ्रन्टलाइनमा काम गर्नेहरुलाई सुरक्षा सामग्री वितरणलाई प्रथामिकता दिएकी छिन् । खासगरी सयौं पीपीइ उनको हातबाट वितरण भैरहेको छ । काठमाडौमा यसरी पिपिइ बितरण गर्ने उनी सम्भवतः पहिलो महिला अधिकारकर्मी हुन् । सो अभियानलाई युवा व्यवसायी कुमार भण्डारीले पनि सहयोग पुर्याइ रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *