राकेशले खोजे दुई टाउके दुर्लभ सर्प, खानाको लागि दुई टाउका आपसमा लडिरहेका थिए

डिसी नेपाल
२६ वैशाख २०७७ १४:३४

काठमाडौं। एक वन्यजन्तु प्रेमीले दुर्लभ प्रजातिको दुईवटा टाउको भएको सर्पको खोजी गरेका छन् । यो सर्प नेपालकै छिमेकी देश भारतको ओडिशा राज्यमा भेटिएको हो । यो सर्प अत्यन्तै दुर्लभ प्रजातिको हो । वन्यजीव प्रेमी राकेश मोहालिकले यो सर्पको खोजी गरेका हुन् । राखेशले जतिबेला यो सर्पलाई देखेका थिए त्यतिबेला यसका दुई टाउकाहरु खानाको लागि एक अर्कामाथि आक्रमण गरिरहेका थिए ।

डेलीमेलका अनुसार उनले भेट्दा सर्प सही दिशा तय गर्न सकिरहेको थिएन किनकि दुई टाउकाहरु आपसमा लडिरहेका थिए । यो सर्प वोल्फ स्नेक प्रजातिको भएको मानिएको छ । यो सर्पका स्पष्ट रुपमा दुई टाउका, चार आँखा, दुई मुख पनि छन् । राकेशले यो दुईमुखे सर्पलाई क्योंझर वाइल्डलाइफ सेन्चुरीको धेंकिकोट फरेस्ट रेन्जमा खोजेका हुन् । यो सर्पको लम्बाइ केवल १४ सेन्टिमिटर छ । यसका दुवै टाउकाहरुले अलग अलग काम गर्छन् ।

दुई टाउकाको आपसी लडाइँकै कारणयो सर्पको प्रजाति लोप भएको विश्वास गरिन्छ । राकेशका अनुसार सर्पका २ टाउकाहरुमध्ये एउटा केही बढी विकसित छ । तर, दुवै टाउकाहरु स्वतन्त्र तरिकाले काम गर्छन् । यसको जाँच गरेपछि उसलाई जंगलमै छोडिएको छ । यो दुर्लभ २ मुखे सर्प १ लाख सर्पहरुमध्ये एउटा मात्र जन्मिन्छ । झट्ट हेर्दा यो सर्प करेतजस्तै देखिने राकेशले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *