सरकारको पक्षमा प्रस्तुत हुन नेकपा सांसदलाई प्रधानमन्त्रीको निर्देशन

डिसी नेपाल
२६ वैशाख २०७७ १५:२९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणका कारण संसदीय दलको बैठक बस्न संभव नभएको उल्लेख गर्दै संसद बैठकमा सरकारको पक्षमा प्रस्तुत हुन लिखित निर्देशन दिएका छन्।

शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसमामा नेकपा संसदीय दलका नेता दीनानाथ शर्मासहितका नेतासँगको छलफलमा प्रधानमन्त्री ओलीले आजबाट सुरु हुने संसद बैठकमा सरकारको पक्षमा प्रस्तुत हुन लिखित निर्देशन दिएका हुन्।

‘अहिलेको अवस्थामा समाजिक दूरी कायम गर्नुपर्नेलगायत स्वास्थ्य सम्बन्धी विश्व स्वास्थ्य संगठन, हाम्रो स्वास्थ्य मन्त्रालय र चिकित्सकहरुका सहमत मापदण्ड पालना गर्नुपर्ने भएकाले त्यस अनुसार सिट व्यवस्थापन लगायत आवश्यक व्यवस्था गर्ने गरी संसदीय दलको बैठक बस्ने स्थान उपलब्ध हुन सक्ने अवस्था नरहेकाले संसदीय दलको बैठक बस्न सकिएन,’ प्रधानमन्त्रीले लिखित निर्देशन दिँदै भनेका छन्, ‘ संसदका दुवै सदनका बैठकहरु छोरा, छरिता र मर्यादित एवं विषय केन्द्रित हुनुपर्ने र संसदमा हाम्रो दलको एकता र विषयगत एकरुपमता स्पष्ट देखिनुपर्ने आवश्यकतालाई माननीयज्यूहरुले बुझ्नु नै भएको छ। अन्य साना भेटघाट, छलफल औचित्य, आवश्यकता र संभावना हेरी आयोजना गरिने नै छ।’

प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विगतमा जस्तै य संसद अधिवेसनमा पनि सक्रिय,समझदारीपूर्ण र एकतावद्ध प्रयासका साथ अघि बढ्न म नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका सबै माननीयज्यूहरुमा अनुरोधका साथ निर्देशन गर्दछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *