भ्याक्सिनलाई नै जित्न सक्षम छ कोरोनाको जी–६१४ स्ट्रेन, यो स्ट्रेन कुन कुन देशमा छ ?

डिसी नेपाल
२६ वैशाख २०७७ १५:४०

काठमाडौं। कोरोनाभाइरस लगभग पूरै विश्वभरी फैलिएको छ । तर, यसले युरोप र अमेरिकामा सबैभन्दा धेरै विनाश गरेको छ । यी दुई महादेशमा भएका कोरोनाभाइरस संक्रमितको संख्या पूरै विश्वको ६० प्रतिशतभन्दा धेरै छ । यहाँ भएको ठूलो विनाशको सम्बन्धमा पछिल्लो रिपोर्ट झस्काउने खालको छ । वैज्ञानिकहरुका अनुसार युरोप र अमेरिकामा फैलिएको कोरोनाभाइरसको रुप अरुभन्दा धेरै फरक र घातक छ ।

रिपोर्टका अनुसार अमेरिकाको न्यूयोर्क तथा बेलायतमा देखिएको ठूलो विनाशको कारक कोरोनाभाइरसको खास किसिमको स्ट्रेन जी–६१४ हो । शोधकताृका अनुसार यो स्ट्रेन युरोपका अन्य देश र अमेरिकाका अन्य भागमा देखिएको डी–६१४ स्ट्रेनभन्दा फरक र निकै खतरनाक छ । वैज्ञानिकका अनुसार चीनमा महामारी फैलाउने भाइरसको तुलनामा यो स्ट्रेन निकै संक्रामक र खतरनाक छ । शोधकर्ताका अनुसार यो स्ट्रेन प्रतिरक्षा प्रणाली र भ्याक्सिनबाट बच्न आफ्नो स्वरुप बदल्न पनि सक्षम छ ।

भाइरसले यसरी स्वरुप बदल्दा खोपको प्रभाव र प्राकृतिक प्रतिरक्षाको सम्भावना कम हुन्छ । चीनमा गरिएको एक अध्ययनमा कोरोनाभाइरसका ३० भन्दा धेरै स्ट्रेन हुन सक्ने पत्ता लागेको थियो । चीनमा यो अध्ययन झेजियांग युनिभर्सिटीमा गरिएको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार भाइरसका १९ स्ट्रेन पहिलो पटक देखिएका हुन् । यी स्ट्रेनको क्ष्मता पनि फरक फरक छ । केहीमा काशिकामा आक्रमण गर्ने क्षमता अधिक छ भने केहीमा छिटो प्रसार हुने क्षमता छ । यी सबैमध्ये सबैभन्दा घातक रुप जी ६१४ युरोप र अमेरिकामा देखिएको छ ।

एसियामा भने धेरैजसो देशमा डी ६१४ स्ट्रेनको संक्रमण फैलिएको छ । यसको सबैभन्दा धेरै प्रभाव चीन र सिंगापुरमा देखियो । सुरुवाती संक्रमणमा बेलायतमा यसका बी १२१ र इ ११ स्टैनको संक्रमण देखिएको थियो । चीनको शोधअनुसार केही हप्तासम्म बेलायतमा जी ६१४ र डी ६१४ माथि अग्रता समेत लिएको थियो । नयाँ स्ट्रेन जी ६१४ पलिे युरोप त्यसपछि उत्तर अमेरिकामा देखिएको छ । यद्यपि यहाँ पनि मार्चभन्दा पहिले भने डी ६१४ कै असर थियो । तर, पछि जी ६१४ ले यहाँ धेरै विनाश गर्यो ।

युनिभर्सिटी अफ शेफिल्ड, लस अलामोस नेशनल ल्याबोरेटरी र न्यूमेक्सिकोमा वैज्ञानिकहरुले गरेको अनुसन्धानमा कोरोनाभाइरसको नयाँ स्ट्रेन जी ६१४ पहिलो पटक फेब्रुअरीमा जर्मनीमा देखिएको थियो । वैज्ञानिकहरुले यो स्ट्रेन भ्याक्सिनलाई बेअसर गर्न सक्षम भएको बताउका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *