नैतिक शासन गर्ने आधार वर्तमान सरकाले गुमाइसकेको छ : सभापति देउवा (सम्बाेधनकाे पूर्ण पाठ सहित)

डिसी नेपाल
२६ वैशाख २०७७ १७:३०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको बताएका छन्।

शुक्रबार ४ बजेदेखि सुरू भएको संसदको बजेट अधिवेशनमा सबैभन्दा पहिला बोल्दै सभापति देउवाले कोरोनाभाइरस महामारीको विषम परिस्थिति सरकारले महामारीसँग लड्ने कुनै योजना र रणनीति नबनाएको बताए । देउवाले वर्तमान सरकार बरु भष्टाचार र सांसद अपरहणजस्ता कुरामा संलग्न रहेको बताएका हुन ।

कांग्रेस सभापति देउवाले भने, ‘नेपालमा कोरोनाको पहिलो संक्रमित देखिएको महिनौं बित्दा पनि आजसम्म व्यापक परीक्षण भइसक्नुपर्नेमा अत्यन्त न्यून संख्यामा परीक्षण भइरहेको छ, परीक्षण सामग्रीको विश्वसनीयतामा प्रश्न उठेको छ, विदेशमा विचल्लीमा परेका नागरिकको उद्धारको कुनै योजना छैन। कोरोनाका कारण विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक असरको अध्ययन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन। यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचार सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र भावनाका विपरित कुरामा व्यस्त हुनु, सांसदको अपहरण हुनुजस्ता अपराधिक गतिविधि कुनै हालतमा स्वीकार्य हुन सक्दैनन्।’

आफ्नो पार्टीले सरकारलाई पूर्ण सहयोग गर्दा पनि सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको देउवाको आरोप थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *