अनलाइनमा १२ कक्षाको पढाइ भइरहँदा विद्यार्थीले ग्रुपमा नाङगो फोटो पोस्ट गरिदिएपछि…
काठमाडौं। लकडाउनमा स्कुल बन्द भएपछि यसको विकल्पमा अनलाइन कक्षा संचालन गरिएका छन् । भारतमा १२ कक्षाको अनलाइन पढाइ भइरहेका बेला १ जना छात्रले ग्रुपमा अश्लील फोटो पोस्ट गरिदिएपछि हंगामा भएको छ । ती छात्रले ग्रुपमा अश्लील फोटो पोस्ट गरेपछि शिक्षकलाई पनि अश्लील गाली गरे । उनको यस्तो हर्कतपछि छात्राहरुले धमाधम ह्वाट्सएप ग्रुप छाड्न थाले ।
घटना उत्तर प्रदेशको अजमगढको भएको आज तकले लेखेको छ । आजमगढको एक निजी स्कुलले अनलाइन कक्षा संचालन गरिरहेका बेला यस्तो घटना भएको हो । उनले यस्तो हर्कत गरेपछि शिक्षक र अभिभावकको होश उड्यो । तुरुन्तै प्रिन्सिपलले यसको जानकारी पुलिसलाई दिए । पुलिसले तत्कालै घटनाको अनुसन्धान सुरु गरेको छ । अनुसन्धानमा खुलासा भएअनुसार यी छात्रा अर्कै छात्राको नामबाट ग्रुपमा आएका थिए ।
Facebook Comment