दक्षिण अफ्रिकी क्रिकेटरलाई कोरोना भाइरस
काठमाडौं । कोरोना भाइरसले संसारभरी भयावह रूप लिइरहेको छ र यो महामारीको कारण करिब २ लाख व्यक्तिले आफ्नो ज्यान गुमाईसकेका छन्। विश्वका कतिपय खेलाडीहरू पनि यो भाइरस बाट संक्रमित भएका छन। एक समाचार अनुसार दक्षिण अफ्रिकाका २५ वर्षीय क्रिकेटरलाई पनि कोरोना भाइरस लागेको छ। दक्षिण अफ्रिकाको प्रथम श्रेणी क्रिकेटर सोलो एनक्वेनी कोरोना भाइरस संक्रमित भेटिएका छन ।
सोलो नेक्वेनी गत वर्ष जुलाईदेखि सोलो नेक्वेनी गुलियन बेरे सिन्ड्रोम (रोग प्रतिरोधात्मक क्षमता र स्नायु प्रणालीसँग सम्बन्धित) र केही अन्य रोगहरू सँग संघर्ष गरिरहेका छन्। स्कटल्याण्डको एबर्डीनमा आफ्नो उपचार गराईरहेका २५ बर्षीय आलराउन्डरले ट्विटर मार्फत आफु संक्रमण भएको सार्वजनिक गरेका छन ।
कोरोना भाइरस संक्रमित सोलो नेक्वेनी तेस्रो क्रिकेटर हुन। उनी अगाडि पाकिस्तानका जफर सरफराज र स्कटल्याण्डका मजीद हक यस रोगबाट संक्रमित भेटिएका थिए।
सोलो नेक्वेनीले भने गत वर्ष म गुलियन बेरे सिन्ड्रोमबाट पीडित थिएँ र गत दश महिनादेखि म यसका लागि संर्घष गर्दै थिएँ, मलाई टिबी लागेको आधा मात्र भएको थियो। मेरो कलेजो र मिर्गौला असफल भएको छ, र अब मलाई कोरोनाभाइरस संक्रमित फेला परेको छ। मलाई थाहा छैन किन मलाई यि सबै भइरहेको छ।
सोलो नेक्वेनीले सन २०१२ मा दक्षिण अफ्रिकाको लागि यू–१९ क्रिकेट खेलेको थिए। उनको उपचारको लागि दक्षिण अफ्रिकाको टीमले ५० हजार रान्ड दिएको छ।
Facebook Comment