स्पानिस महिला फुटबल लिगको उपाधि बार्सिलोनालाई
काठमाडौं । स्पानिस महिला फुटबल लिगको उपाधि बार्सिलोनालाई प्रधान गरीएको छ । स्पेनीस फुटबल फेडेरेसनले स्पेनको महिला लिगलाई रद्द गरेपछी बार्सिलोनालाई उपाधी दिलाएको छ ।
कोरोनाका कारण पहिलो लिग सुचारु नुहने भएपछि नौं अंकले अगाडी रहेको बार्सिलोनालाई च्याम्पियन बनाएको हो । लिगको उपाधि बार्सिलोनाले पाँचौ पटक जितेको छ ।
चार सिजन लिग उपाधि विहिन बनेको वार्सिलोनाले यसअघि सन् २०१२, २०१३, २०१४ र २०१५मा उपाधि जितेको छ ।
यस सिजनको उपाधि जितेको बार्सिलोनाले धेरै पटक महिला लिगको उपाधि जित्ने सूचीमा एट्लेटिको मड्रिडसँग बराबरी गरेको छ । एट्लेटिको मड्रिडले गत सिजन मात्र लिगको उपाधिमा ह्याट्रिक गरेको थियो ।
प्रतिक्रिया
Facebook Comment