ईटालीयन फुटबल क्लव रोमाद्वारा प्रशिक्षण शुरु
काठमाडौं । इटलीमा कोभिड १९ को संक्रमण र मृत्युदर दुवैमा कमी आएको र सरकारले लकडाउनलाई खुकुलो पारे लगत्तै फुटबल क्लव रोमाले खेलाडीहरुको प्रशिक्षण शुरु गरेको छ ।
भाइरसको महामारीसँगै सबै खेल गतिविधी स्थगित भएको इटलीमा लकडाउन सहज भएसँगै दुई महिनापछि पहिलो पटक प्रशिक्षण शुरु भएको हो ।
पहिलो पटक प्रशिक्षणका लागि मैदानमा उत्रिएका खेलाडीहरुलाई सतर्कताको नियमको अधिनमा राखेर प्रशिक्षण गराइएको क्लवले जनाएको छ ।
प्रशिक्षणमा सहभागी हुन रेलमा छिर्नु र निस्कनुपूर्व खेलाडीहरुको तापक्रम मापन गर्ने देखि सामाजिक दूरी कायम गराइएको बताइएको छ । कोरोनाको महामारी फैलिएसंगै इटलीको घरेलु लिग सिरी ए मार्च महिनाबाटै स्थगित गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment