प्रेमीसँग मिलेर श्रीमानलाई मारिन्, कोरोनाभाइरसले मरेको भनेर लाश जलाउन घाटमा गइन्

डिसी नेपाल
२७ वैशाख २०७७ ९:१६

नयाँ दिल्ली। कोरोनाभाइरसको महामारीसँग जुधिरहेको भारतको राजधानी नयाँ दिल्लीमा महामारीकै आडमा अपराधका घटनाहरु लुकाउने प्रयास हुन थालेका छन् । पछिल्लो समय यहाँ एक महिलाले आफ्नै श्रमिानको हत्या गरिन् । प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेपछि उनले श्रीमानको कोरोनाभाइरसका कारण मृत्यु भएको बताएर लाशको अन्तिम संस्कारको लागि घाटमा लिएर गइन् ।

शंकाको आधारमा पुलिसले शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको थियो । अब रिपोर्ट आएपछि हत्याको पुष्टि भएको छ । महिलाले २ मेका दिन आफ्ना प्रेमीसँग मिलेर श्रमिानको हत्या गरेकी थिइन् । पोस्टमार्टम ४ मेका दिन भएको थियो । हत्या पुष्टि भएपछि पुलिसले महिला र उनका प्रेमीलाई नियन्त्रणमा लिएर हत्याको मुद्दा अगाडि बढाएको छ । आज तकका अनुसार अशोक विहार क्षेत्रमा बस्ने एक व्यक्तिको शंकास्पद स्थितिमा मृत्यु भएको थियो ।

मृतककी श्रमितीले उनको मृत्यु कोरोनाभाइरसबाट भएको भनिन् तर छिमेकीहरुलाई यो कुरा विश्वास लागेन । कसैले यसको सूचना पुलिसलाई दिएपछि पुलिस घाटमै पुग्यो । पुलिसले मृतकको मृत्यु कोरोनाभाइरसबाट भएको पुष्टि गर्ने कागजात मागे तर कागजात नभेटिएपछि झुटको पोल खुल्यो । पुलिसले शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाएको थियो । पुलिसले कडाइका साथ सोधपुछ गरेपछि महिलाले वास्तविकता बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *