पूर्व ब्याट्सम्यान हर्सेल गिब्सको ब्याट लिलामीमा राखिने
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वब्याट्सम्यान हर्सेल गिब्सले कोरोना भाइरस कोभिड १९ संक्रमण विरुद्धको अभियानमा सहयोग गर्नका लागि क्रिकेट ब्याट लिलामीमा राख्ने भएका छन् ।
ओडीआईमा इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर पछ्याउँदै जीत हात पारेको खेलमा प्रयोग गरेको ब्याट गिब्सले लिलामीमा राखेका हुन् । गिब्सले ट्वीटरमार्फत् ब्याट लिलामी गर्न लागेको जानकारी गराएका हुन् ।
सन् २००६ मा अष्ट्रेलिया विरुद्धको पाँच खेलको सिरिजको अन्तिम खेलमा गिब्सले १७५ रन बनाएका थिए । जुन खेलमा दक्षिण अफ्रिका १ विकेटले विजयी भएको थियो ।
सोहि खेलमा गिब्सले १११ बलमा २७ चौका र ७ छक्काको सहयोगमा १७५ रन बनाएका थिए । कोभिड १९ संक्रमणको सहयोग अभियानमा यसअघि भारत, न्यूजिल्याण्ड, बंगलादेश, इंग्ल्याण्डका केहि क्रिकेटरले आफ्नो ब्याट लिलामीमा राखेका थिए ।
Facebook Comment