भारतमा २४ घण्टामा थपिए ३३४४ संक्रमित
काठमाडौँ । छिमेकी मुलुक भारतमा पछिल्ले २४ घण्टामा ३ हजार ३४४ कोरोना (कोभिड १९) संक्रमित फेला परेका छन् ।
यो सँगै भारतमा कोरोना संक्रमित नागरिकको संख्या ५९ हजार ६९५ पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यस्तै, भारतमा हालसम्म कोरोनाको संक्रमणबाट १ हजार ९८५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ९६ जना संक्रमितको ज्यान गएको हो ।
संक्रमितमध्ये १७ हजार ८८७ जना उपचारपछि घर फर्किसकेका छन् ।
१ अर्ब ३८ करोड बढी जनसंख्या रहेको भारतमा हालसम्म १४ लाख ३७ हजार ७८८ को कोरोना परीक्षण गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment