डोनाल्ड ट्रम्पकी छोरी इवांका पनि कोरोना संक्रमणको गम्भीर जोखिममा
वाशिङटन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी तथा सल्लाहकार इवांका ट्रम्प पनि कोरोनाभाइरसको संक्रमणको गम्भीर जोखिममा परेकी छिन् । भाइरस उनको कार्यालयभित्र पनि प्रवेश गरेको छ । इवांकाको पर्सनल असिसटेन्टमा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण भएको बिजनेश इनाइडरले लेखेको छ।
शुक्रबार गरिएको कोरोना परीक्षणमा इवांका र उनका श्रीमान ज्यारेड कुस्नरमा भने कोरोनाको संक्रमण देखिएन । तर कोरोनाको लक्षणहरु नदेखिएकी इभान्काकी सहयोगीमा भने कोरोना देखिएको हो । यसअघि बिहीबार मात्र राष्ट्रपति ट्रम्पका निजी सहयोगी सैनिकमा संक्रमण देखिएपछि ह्वाइट हाउसले राष्ट्रपतिको हरेक दिन परीक्षण गर्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया
Facebook Comment