आफु दुई पटक बलात्कार भएको महिला रेसलरको खुलासा
काठमाडौं । स्टेफनी निकोल गार्सिया कोल्स अमेरिकी रेसलिङ चैम्पियनशिप मा निक्की बेलाको नामले परिचित छिन। यी महिला रेसलरका विश्वभरि लाखौं फ्यानहरू छन्। सन २००० जुन महिनामा वर्ल्ड रेसलिङ ईन्टरटेन्मेन्टमा भाग लिएकी निक्की बेलाले आफ्नो जुम्ल्याहा बहिनी ब्रासँग रेसलिङको दुनियामा छुट्टै पहिचान बनाईन। ती दुई बहिनीहरूले २०११ मा सँगै मिलेर डिभा च्याम्पियनशिप पनि जितेका थिए। निक्की बेलाले करिब १२ वर्षसम्म रेसलिङ दुनियामा शासन गरिन र सन २०१९ मार्च २४ मा उनले खेललाई अलविदा भनीन ।
जमिन देखी आकाश सम्मको निक्की बेलाको यात्रा एकदम गाह्रो थियो। उनले आफ्नो व्यक्तिगत जीवनमा यस्तो कठिनाइहरूको सामना गरिन कि मानिसहरूले सुन्दा चकित हुन्छन। निकिल बेला हालसालै उनी आफै दुईपल्ट बलात्कारको शिकार भएको कुरा सार्वजनिक गरेकी छिन ।
निक्कीका अनुसार उनी १५ वर्षको उमेरमा हाईस्कूलमा पढदा उनको साथीले निक्कीलाई बलात्कार गरेका थिए । साथै यो घटनाको केही महिना पछि उनलाई कलेजको अर्का विद्यार्थीले बलात्कार गरे।
निक्की बेलाले भनिन् कि दुई पटक बलात्कारको सिकार भएपछि उनी आफूलाई लाज लाग्न थाल्यो र यसका लागि उनी आफूलाई जिम्मेवार ठान्छिन्। निक्की बेलाले भनीन कि लाजको कारण उनले कसैलाई पनि यस घटनाको बारेमा केही बताइनन ।
निक्की बेलाले बलात्कारका दुई घटनाले उनको व्यक्तिगत जीवनमा नराम्रो असर पारेको बताइन्। उनी मानसिक शान्तिका लागि थेरापिष्टमा गएका थिईन ।
Facebook Comment